रमझमबुधबार, माघ २२, २०७०

दीपिकालाई बाथरूम बाहिर कुरेका रणवीर

हिमालखबर

केही दिनअघि मुंबईको एक होटलमा हेमा मालिनी र धर्मेन्द्रकी छोरी  आहनाको विहे भोजमा रणवीर बाथरूम गएकी दीपिकालाई व्यग्रताका साथ कुरेको विषयले भारतीय फिल्मी पत्रिकाहरुमा प्रमुखता पायो ।

तर यो पर्खाइको घटना भने पहिलो होइन । दीपिका जहाँ जान्छिन् रणवीर उतै पुग्छन् । रणवीरको ‘दिवानगी’ ले हद पार गरिसकेको बलिउड फिल्मवृत्तमा निकै चर्चा छ ।

रणवीरले आफ्ना साथीहरुसँग दीपिका निकै नजिककी साथी भएको बताउँछन् भने दीपिकाले पनि आफू र रणवीरबीचको निकटतालाई स्वीकारेकी छन् ।

यी दुवैले सञ्जयलीला भंसालीको फिल्म ‘गोलियों की रासलीला रामलीला’ मा सँगै काम गरेका थिए । त्यसपछि रणवीर–दीपिका सँगै देखिन थालेका छन् ।

दीपिकाले आफ्नो पछिल्लो जन्मदिन रणवीरसँगै न्यूयोर्कमा मनाएकी थिइन् । रणवीर प्रत्येक पल आफ्नी दीपिकासँगै रहन चाहन्छन् त्यसैले आहनाको विहे पार्टीभर उनले दीपिकाको हाथ समाइरहेका र गालामा चुम्बन गर्दै गरेका देखिन्थे ।
नयाँ प्रेमको नशा दुवैको अनुहारमा प्रष्टै देखिन्थ्यो । पार्टीमा आएका पाहुनाका आँखा पनि आहना र उनका पति वैभव बोरामाथि नभएर रणवीर दीपिकातर्फ सोझिएका थिए ।

विहान तीन बजेसम्म सँगै रहेको यो जोडी पछिल्लो समयमा आयोजित विभिन्न अवार्ड कार्यक्रममा पनि सँगै बसेका देखिए ।

एजेन्सी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>