अर्थ/बजारबुधबार, माघ २२, २०७०

२० रुपैंयामा रातभरी गफ

हिमालखबर

टेलिकमले रु. २० मा राति १० बजेदेखि बिहान ६ बजेसम्म फोन गर्न सकिने प्याकेज अघि सारेको हो । टेलिकमले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा सीडीएम सिममार्फत् टेलिकमको नेटवर्कभित्र फोन गर्नेका लागि यस्तो सेवाको घोषणा गरेको हो ।

टेलिकमले २२ माघदेखि तीन महीनासम्मका लागि सेवाग्राहीलाई ‘नाइट कल प्याकेज’ दिइने जनाएको छ ।

यस्तै, टेलिकमले सीडीएमएको पोष्टपेड सिमबाट नेटवर्कभित्र प्रति मिनेट ५५ पैसा र सीडीएमएको प्रिपेड सिमबाट नेटवर्कभित्र प्रति मिनेट ७५ पैसामा कल गर्न सकिने सेवा पनि अघि सारेको छ । टेलिकमले यो सेवा पनि २२ माघदेखि तीन महीनासम्मका लागि भएको जनाएको छ ।

जीएसएम तथा सीडीएमए मोबाईल सेवाग्राहीका लागि प्रति महीना ५० एमबी डाटा निशुल्क वितरण गर्ने टेलिकमले घोषणा गरेको छ ।

टेलिकमका एक करोड सेवाग्राही

नेपाल टेलिकमले आफ्नो सेवाग्राही एक करोड पुग्ने लागेको जनाएको छ । दशौं वार्षिकोत्सवको अवसरमा टेलिकमले आफ्नो ग्राहक ९९ लाख १७ हजार पुगेको जनाएको हो ।

दश वर्षको अवधिमा टेलिकमका ग्राहक २३ गुणाले बढेको पनि टेलिकमको दाबी छ । स्थापना वर्षका ग्राहक ४ लाख २२ हजारको आधारमा ग्राहक २३ गुणाले बढेको टेलिकमले जनाएको छ ।

टेलिकमले खुद नाफा रु. ११ अर्ब २९ करोड ९ लाख पुगेको पनि जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>