Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नयाँ माओवादी पुरानै भोक - Himalkhabar.com

टिप्पणीमंगलबार, साउन २३, २०६९

नयाँ माओवादी पुरानै भोक

Purushottam Dahal

कायर र अतिनिराशहरूको अन्तिम हतियार हिंसा हुन्छ । उनीहरू सकेसम्म कमजोरमाथि आक्रमण गर्छन्, नसके पलायन वा आत्महत्याको बाटो रोज्छन् । नेकपा माओवादीले १ फागुन २०५२ देखि कायरतापूर्ण ढंगले व्यक्तिहत्याको श्रृंखला आरम्भ गरेको थियो । त्यतिबेला माओवादीले अघि सारेको आमूल परिवर्तन, स्वाधीनता, गरीब, किसान–मजदूर र सर्वहाराका हातमा राज्यसत्ता जस्ता नारा दशक लामो हिंसा, आतंक, लूट र अराजकताको आततायी चरणपछि आज भ्रष्टाचार, यौन दूराचार, सम्भ्रान्त बन्ने होड, सत्ताकेन्द्रित षड्यन्त्र र राष्ट्रविरोधी कर्महरूमा अनुवाद भएका छन् ।

तर, हिजोका कुकर्मको प्रायश्चित गर्नुभन्दा त्यस्ता कुकर्ममा सहभागीहरूको नयाँ जमात नेकपा–माओवादीले उठाएका नारा र शुरूका कदमले पनि २०५२–६२ कै सम्झ्ना गराएका छन् । असार २०६३ देखि राज्यका सबै सुविधा र पद उपभोग गरी अघाएका नवक्रान्तिकारीहरूको यो जमातले ८ साउनमा स–साना बालबालिका बोकेर इटहरीबाट धरान गइरहेको स्कूल बसमा गरेको आक्रमणले पुरानो अपराध ब्युँताएको छ ।

रहस्यपूर्ण मौनता
हाँस्दै, खेल्दै झेला बोकेर यात्रा गरिरहेका बालबालिका चढेको बसमा निर्जन जंगलको बीचमा एउटा युवा जमातले पेट्रोल छर्केर आगो लगायो । बच्चाहरूको रुवाबासी हुँदा सहायताका लागि कोही आएन । राष्ट्रिय स्वाधीनता, विद्यालयका विदेशी नाउँको विरोध गर्ने नाउँमा गरिएको यो कृत्यले १० फागुन २०५८ मा चितवनको भण्डारामा सात वर्षीया काजोल खातुनलाई जलाएर हत्या गरेको र २३ जेठ २०६२ मा चितवनकै बाँदरमूढेमा बसमा विष्फोटन गराई ३९ जनाको प्राणहरण गरेको माओवादीको दुष्कर्मलाई सम्झएको छ । आफ्नै माउ पार्टीका नाउँ र झ्ण्डा विदेशी रहेका विद्यार्थी संगठनहरूको यो राष्ट्रवादी खेती आफैंमा हास्यास्पद छ ।

धरानस्थित दिल्ली पब्लिक स्कूलको बसका बालबच्चामाथि गृहमन्त्री विजयकुमार गच्छदारको क्षेत्रमा भएको यो कुकर्मलाई वैद्य पक्षको अखिल क्रान्तिकारी र कोचिला राज्य समितिले सगौरव स्वीकारेका छन् । तर पनि पुरानो माओवादी र मधेशी मोर्चाको सरकारले कारबाही गरेको छैन । घटनामा अहिलेसम्म कसैमाथि कारबाही नगरिनु आफैंमा आश्चर्यजनक छ । यसबाट माओवादी अध्यक्ष दाहाल र प्रधानमन्त्री डा. भट्टराईलाई भारतीय दलाल, आर्थिक र नैतिक व्यभिचारी, संशोधनवादी, सिद्धान्तच्यूत र स्खलितको विशेषण दिंदै गठित नयाँ माओवादीसँग या त दाहाल र भट्टराई त्रसित छन् अथवा भित्रभित्रै उनीहरूबीच तालमेल छ भन्ने शंका गर्नुपर्ने हुन्छ । सरकारमा बस्नेहरूको मौनता जति आश्चर्यजनक छ त्योभन्दा बढी आश्चर्य शैक्षिक संस्था, शिक्षक, विद्यार्थी र अभिभावक संगठन, मानवअधिकारवादी संघसंस्था र सामाजिक अभियन्ताहरूको मौनताले सिर्जना गरेको छ ।

भ्रष्टाचार र व्यभिचार
एमाओवादीभित्र छताछुल्ल आर्थिक अपराध र नैतिक व्यभिचारले क्रान्ति र क्रान्तिकारिताको आवरण निर्वस्त्र पारेको छ । पुराना महासचिव र केन्द्रीय सदस्यबीचको अनैतिक सम्बन्धदेखि कार्यकर्ताले अरूको घर उजाडेका र परिवारको बिजोग गराएका घटना अब नयाँ रहेनन् । केही समयअघिमात्र अध्यक्ष दाहालपुत्र प्रकाश तेस्रो श्रीमतीका रूपमा अर्काकी पत्नी लिएर भागे । दर्जनौं नेता र सयौं कार्यकर्ताका घरमा यस्ता घटना भइरहेका छन् । नैतिकताको खडेरी सशस्त्र हिंसाको विशेष पाटो हो ।

आर्थिक भ्रष्टाचारमा माओवादी आकण्ठ डुबेको छ र यसमा लागेका ९० प्रतिशतभन्दा बढीको हैसियत हिजो र अहिलेको तुलनामा आम नेपालीको भन्दा धेरैमाथि देखिन्छ । वैद्य पक्ष आर्थिक अपारदर्शिताको विषयलाई प्रमुख मुद्दा बनाएर फुटेको थियो । १–५ साउनमा काठमाडौंमा सञ्चालित सातौं विस्तारित बैठकमा पूर्वलडाकूहरूले रु.७ अर्ब भन्दा बढीको हिनामिना भएको दाबी गरेपछि अध्यक्ष दाहालमाथि कुर्सी प्रहार गरिएको र प्रधानमन्त्री भट्टराईको कठालो समातिएको थियो । यसअघि सभासद् खरीदमा चिनियाँ व्यापारीसँग कृष्णबहादुर महराले रु.५० करोड मागेको टेप सार्वजनिक भएको थियो । यार्सागुम्बा तस्करी प्रकरणमा मुछिएका माओवादी नेताका डेरामा प्रहरीले छापा मार्दा बरामद सामान र कागजपत्रले पनि आर्थिक भ्रष्टाचारको जरा माओवादीभित्र कसरी फैलिएको छ भन्ने देखाएका थिए । माओवादीका रकम खेलाउने व्यक्तिहरू अहिले अकूत सम्पत्तिका मालिक भएका र उनीहरूको आर्थिक हैसियत र लगानीले छलाङ मारेको छ ।

आजको परिवर्तनअघि एक–दुई करोडका अभियोगमा चिरञ्जीवी वाग्लेदेखि गोविन्दराज जोशीसहित कतिपय नेता, कर्मचारी र सुरक्षा अधिकारीहरूलाई दण्डित गरिएको छ । तर लोकतान्त्रिक गणतन्त्रमा तर सरकारी कोषको सात अर्बभन्दा बढी हिनामिना गर्ने, देशको अपमान गर्दै विदेशीसँग सांसद् खरीद गर्न पैसा माग्ने र गैरकानूनी धन्दामा लाग्नेहरूलाई माओवादी भएकै कारण उन्मुक्तिको नजीर बसाउने षड्यन्त्र हो यो । पुरानो माओवादीको यो हालत देखेपछि नयाँ माओवादीको हिंसात्मक रूपको आन्तरिक कथा पनि नयाँ हुने आशा गर्नु आफैंमा हास्यास्पद हुनेछ।

गम्भीर र विचारणीय पक्ष
नवगठित माओवादी अध्यक्ष मोहन वैद्य चीनको विशेष आतिथ्यपछि स्वदेश फर्केका छन् । माओवादीबाट भर्खरै विभाजित माओ विचारका समर्थक वैद्यलाई विभाजनलगत्तै चीनले हतारमा निमन्त्रणा गरी विचार–विमर्शमा सहभागी गराउनु सामान्य देखिंदैन । सन् १९७३ मा माओको अवसानपछि उदाएको देङ सिआओ पिङ नेतृत्वले निरंकुशताबाट जर्जर चीनलाई नवयुगमा प्रवेश गराएपछि सांस्कृतिक क्रान्तिका पक्षधर माओ जेदुङकी कान्छीपत्नी चियाङ् चिङ्विरुद्ध चीनले कारबाही गरेको थियो । यो एउटा विचारणीय संयोग हुनसक्छ, संसदीय लोकतन्त्रमा प्रवेश गरेको माओवादीलाई फुटाएर चाण्डाल चौकडी पथमा अग्रसर नवगठित माओवादीका नेता वैद्यलाई उदारवादी छवि बनाउन लागेको चीनले सत्कार गरिरहेको समयमै धरानमा घटना भएको छ । त्यो घटना प्रत्यक्षमा अर्को मित्रराष्ट्र भारतविरुद्ध लक्षित रहेकोले पनि कूटनीतिक रूपमा नेपाल गम्भीर हुनुपर्ने थियो ।

सत्ताको मियो समातेको एमाओवादी नेता डा. भट्टराई नेतृत्वको कुन्जी अहिले मोहन वैद्यको खल्तीमा पुगेको छ । भट्टराई सरकारलाई भारतको यसअघिका लोकतान्त्रिक वा अन्य सरकारलाई भन्दा बलियो समर्थन प्राप्त छ । वैद्यले आतङ्ककारी गतिविधिका साथ कार्यक्रम अघि बढाए र त्यसमा जातीय अतिवादको विषवृक्ष जोडिंदै गयो भने माओवादी नेतृत्वकै सरकारले मात्र प्रतिरोध गर्न सक्नेछ । भूमिगत हिंसा चलाइरहेका माओवादी र रिमको घनिष्ट सम्बन्ध वैद्य पक्षसँगै जोडिएकोले यसबाट भारतको सुरक्षामा समेत खतरा पुग्नसक्छ । यस्तो बेला माओवादी नेतृत्वलाई हटाएर अरू कसैको नेतृत्वमा सरकार बन्ने हो भने त्यसबाट अपेक्षित प्रतिरोध हुन सक्दैन । यस सँगसँगै आजको मूल माओवादी पार्टीबाट कार्यकर्ता र लडाकूहरू वैद्यतिर जोडिने खतरा पनि देखिएको छ । त्यसैले मूल माओवादी पार्टीमा आफ्नो आयु विस्तारका लागि पनि वैद्यपक्षको उग्रतालाई फैलन दिने आन्तरिक साँठगाँठ हुनसक्ने संभावनालाई अस्वीकार गर्न सकिंदैन ।

मूल माओवादीभित्र वैद्यलाई लिएर ठूला तीन नेताको एकअर्काविरुद्ध बार्गेनिङ क्षमता बढिरहेको छ । विप्पा सम्झैता, प्रत्यर्पण सन्धि, विभिन्न एयरपोर्टहरू भारतीय कम्पनीलाई दिने प्रयाससहित अनेक विषयमा अध्यक्ष दाहाल र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ असहमत छन् । पार्टी नेतृत्वका सन्दर्भमा डा. भट्टराईले र सरकारको सन्दर्भमा दाहाल र श्रेष्ठले वैद्यको ओत लाग्ने धम्की एकअर्काविरुद्ध दिने अवस्था छ । यो सुरुआतले आजको मूल माओवादीलाई निकट भविष्यमै अरू तीन चिरामा विभाजित गरयो भने कुनै आश्चर्य मानिरहनु पर्दैन । फुटे पनि जुटे पनि माओवादीको क्रूर र आततायी कार्यले जनता जति आहत हुँदैछन् त्यति नै माओवादीभित्र व्याप्त आर्थिक भ्रष्टाचार, नैतिक व्यभिचार र राष्ट्रविरोधी कार्यसहितका सम्बन्धले मुलुकको भविष्य, लोकतन्त्र तथा विकास र स्थायित्वका ढोका बन्द हुँदै गएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>