थप समाचारबिहीबार, माघ २३, २०७०

महोत्तरीमा गोली चल्यो, एकको मृत्यु

हिमालखबर

जिल्ला प्रहरी कार्यालय महोत्तरीको गस्ती टोली र युवाहरुको समूहबीच राति २ बजे भिडन्त हुँदा प्रहरीको गोली लागी परिचय खुल्न नसकेका अन्दाजी २५ वर्षका युवकको मृत्यु भएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताएका छन् ।

गस्ती टोली सोनमा–५ स्थित उखुघारी र तोरीबारी नजिक पुग्दा ९/१० जनाको समूहमा रहेका हतियारधारीले प्रहरीमाथि गोली चलाएको प्रहरीको भनाइ छ ।

आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागी एक युवकको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । समूहका अरू व्यक्तिहरू भने फरार भएका छन् ।

जिल्लामा बढेको चन्दा आतङ्क, लुटपाट र अपहरणका घटना नियन्त्रणका लागि जिल्लामा हाल विशेष सर्च अभियान चलाइएको छ । सोहीक्रममा प्रहरीसँगको भिडन्तमा ती युवकको मृत्यु भएको प्रहरीको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>