Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भान्से बन्न ताँती - Himalkhabar.com

थप समाचारबिहीबार, माघ २३, २०७०

भान्से बन्न ताँती

हिमालखबर

स्नातक तहकी विद्यार्थी पर्वत, शालिग्रामकी गीता तिवारीले प्रहरीको परिचर (भान्से) पदका लागि पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र बुटवलमा परीक्षा दिएकी छन्। साधारण लेखपढ भए पुग्ने र बढुवा नहुने यो पदका लागि भिड्ने गीता जस्ता थुप्रै स्नातक उम्मेदवार छन्, यस पटक।

नेपाल प्रहरीले देशभरका एकाइहरूको कुल २,२५८ भान्से दरबन्दीमध्ये खाली भएका १८० जनाको लागि आह्वान गरेको दरखास्त दिने उम्मेदवार संख्या ३,४४९ छ। तीमध्ये ५७१ जना महिला छन्। प्रहरी प्रवक्ता एसएसपी गणेश केसीले अधिकांश आवेदक प्लस टु उत्तीर्ण रहेका बताए।

प्रहरीले पाँच विकास क्षेत्रका क्षेत्रीय तालीम केन्द्र र काठमाडौंमा गरी ६ स्थानमा भान्से छनोट परीक्षा लिइरहेको छ। प्रहरीमा परिचर दर्जाको नियुक्ति स्थायी हुन्छ भने मासिक पारिश्रमिक रु.१२ हजार। यसका लागि धेरैले माथिल्लो तहको शैक्षिक योग्यता लुकाएर आवेदन दिएका छन्।

एक जना आवेदक सुनिता गुप्ताले सजिलो काम र सुरक्षित पेशा भएकोले आवेदन दिएको बताइन्। ५ माघबाट शुरू भएको छनोट प्रक्रियाको नतीजा २९ माघमा आउनेछ।

पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्र बुटवलका समादेशक विजयकुमार भट्टका अनुसार पश्चिमाञ्चल क्षेत्रमा २७ जनाका लागि ४९३ जनाको आवेदन परेको छ। प्रहरीले भान्से पदका लागि पहिलो पटक लोकसेवा आयोगको मापदण्ड अनुसार परीक्षा लिएको छ। छनोट विधि प्रहरी सिपाहीकै जस्तो भए पनि केही खुकुलोपन छ।

सिपाहीका लागि २१ बुँदे प्रश्नपत्र हुने गरेकोमा भान्सेका लागि ११ बुँदे प्रश्न सोधिएको छ। एक जना भान्सेले मेसमा सरदर ३० प्रहरीको लागि खाना पकाउनुपर्छ।

दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>