रमझमबिहीबार, माघ २३, २०७०

पेन्टिङ–जीवनको सहारा

हिमालखबर

ललितपुर कुपण्डोलकी रश्मि अमात्यले बोल्न र सुन्न नसक्ने समस्यालाई रङ र कुचीले समाधान गरेकी छन्। उनी यस्तो सिर्जना गरिरहेकी छन् कि हेर्नेमध्ये कसैले यो सुन्न, बोल्न नसक्ने कलाकारले बनाएको हो भनेर अनुमानै लगाउन सक्तैन।

बाल्यकालदेखि नै चित्रकलाप्रति आकर्षित रश्मिले अहिले यसैबाट पहिचान बनाएकी छन्। १६ वर्षअघि पहिलो एकल प्रदर्शनी गरेकी रश्मिले त्यसयता अस्ट्रेलिया, बंगलादेश र भारतमा समेत गरी चार एकल र दर्जनौं सामूहिक प्रदर्शनी गरेकी छन्।

चित्रकलामा लागेको डेढ दशकपछि अहिले रश्मि सिर्जना कलेज अफ फाइन आर्टस्बाट पेन्टिङमा स्नातक गर्दैछिन्। पेन्टिङलाई जीवनको सहारा बनाएकी रश्मि अपाङ्गताका कारण आफूलाई लेखपढ गर्न निकै गाह्रो भए पनि मनोबलबाट सफल हुने दोभाषे मार्फत बताइन्।

रंगकर्मी हरि अधिकारीसँगको वैवाहिक सम्बन्धले जीवनलाई सहज बनाएको उनको अनुभव छ। रश्मिले दोभाषे मार्फत भनिन्, “श्रीमान्को ठूलो मन र मायाले कलाकर्म अगाडि बढेको छ।”
शब्द/तस्वीरः ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>