Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ओलम्पिकमा फुटबल भिडन्त - Himalkhabar.com

खेलकुदमंगलबार, साउन २३, २०६९

ओलम्पिकमा फुटबल भिडन्त

Sandesh Panta

मेक्सिको-जापान
बेलुकी ९:४५ बजे
वेम्ब्ली रङ्गशाला, लन्डन

स्पेन र होन्डुरस जस्ता टोलीहरु भएको समुहबाट प्रथम भएर अन्तिम आठमा प्रवेश गरेको जापानले हाल सम्म खेलेका चार खेलमा एक गोल पनि खाएको छैन । क्वार्टरफाइनलमा सेनेगललाई चार गोल गरेको एशियाली महाशक्ति यस प्रतियोगितामा राम्रो फर्ममा चलिरहेको छ र उसलाई ब्राजिल पछिको दावेदार हो भन्दा फरक नपर्ला ।
तर फाइनलमा पुग्न अगाडि उसको सामु मेक्सिको छ जसले आफ्नो आक्रामक खेलबाट धेरैलाई प्रभावित तुल्याएको छ । विषेशगरी ३ गोल गरेका जियोभानी डोस सान्टोसमाथि मेक्सिकोले ठुलो भरोसा गरेको छ । उनीसङ्गै मार्को फाबियानको खेल पनि मेक्सिकोका लागि महत्त्वपुर्ण हुनेछ ।
जापानको तर्फबाट दुई-दुई गोल गरेका केन्सुके नागाइ र युकी ओत्सुको खेल हेर्न लायक हुनेछ यद्यपी चोटका कारण नागाइको यस खेल खेल्न पाउने सम्भावना कमजोर बनेको छ ।
ब्राजिल-दक्षिण कोरिया
राति १२:३० बजे,
ओल्ड ट्राफोर्ड रङ्गशाला, म्यान्चेस्टर
सन्सनीपुर्ण फुटबल खेली रहेको ब्राजिल आफ्नो पहिलो ओलम्पिक फुटबल स्वर्ण पदक जित्ने दाउमा छ । प्रतिभावान खेलाडीहरुले सु-सज्जित ब्राजिलको आक्रामक पङक्तिका प्राय: सबै खेलाडी राम्रो लयमा छन् । चार खेलमा १२ गोल सहित सबै खेलमा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ ।
तर रक्षात्मक रुपमा राम्रो प्रदर्शन गरेको दक्षिण कोरिया पनि आफ्नो पहिलो ओलम्पिक फुटबल पदक जित्ने अभियानमा उत्साहका साथ मैदान प्रवेश गर्नेछ । काउन्टर अट्याकिङ खेल खेलिरहेको कोरियाले हालसम्म २ गोल मात्र खाएकाले पनि ब्राजिललाई यस खेल जित्न त्यति सजिलो नहुन सक्ला ।
दक्षिण कोरियाले यस ओलम्पिकमा फुटबलतर्फ पदक जित्न सफल रहे प्रत्येक जनतालाई लागि अनिवार्य गरिएको १८ महिने सैनिक सेवाको लागि भर्ना हुनबाट भने टोलीका सदस्यहरुले छुट पाउने भएका छन् ।
ब्राजिलका लागि ४ गोल गरेका डामियो ३ गोल गरेका नेमारका साथै मिड्फिल्डमा चेल्सीका ओस्कारको खेल हर्न लायक हुनेछ । दक्षिण कोरिया आजको खेलमा गोलकीपर जुङ् सङ्ग र्योङ्ग र मिड्फिल्डर की सङ्ग योङ्ग माथि निर्भर रहनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>