थप समाचारबिहीबार, माघ २३, २०७०
त्रिसठ्ठी राउन्ड गोली बरामद
सिक्रे–५ रामबहादुर गुरुङका घरमा अवैध हतियार लुकाएर राखेको भन्ने सूचनाका आधारम खोजतलास गर्दा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिक्रेबाट खटिएको टोलीले गोलीसहित ५७ वर्षीय रामबहादुर गुरुङ र उनका छोरा २५ वर्षीय रमेशलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको छ ।
अभियुक्त दुवैलाई हातहतियार तथा खरखजाना ऐनअन्तर्गत मुद्दा दायर गरी आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक केशवकुमार बस्नेतले जानकारी दिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
