थप समाचारशुक्रबार, माघ २४, २०७०

दुर्घटनामा हवल्दारको मृत्यु

हिमालखबर

दाङमा ट्रयाक्टरसँग मोटरसाईकल ठोक्किदाँ एक जना शसस्त्र प्रहरी हवल्दारको मृत्यु भएको हो । तुलसिपुर–४ सल्यानरोडमा रा. १ त. १३१२ नम्बरको ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किदाँ ज्वालामाई गण भालुबाङमा दरबन्दी भई हाल शसस्त्र प्रहरी वेस तुलसिपुरमा कार्यरत हवल्दार धनराज घर्ती मगरको मृत्यु भएको हो ।

ट्रयाक्टरसँग ठोक्किएर गम्भीर घाइते घर्ती मगरको राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचारको क्रममा २३ माघ राति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसिपुरले जनाएको छ । तुलसिपुर नगरपालीका–२ रक्षाचौर निवासी प्रहरी हवल्दार कार्यालयमा आउने क्रममा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
देविका घर्ती मगर, घोराही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>