रमझमशुक्रबार, माघ २४, २०७०
दीपिकाको इच्छा अधुरै
धेरै सफलता पाए पनि यसवर्ष बलिउडका ‘मचो म्यान’ सलमान खानसँग फिल्म खेल्ने दीपिकाको इच्छा भने अधुरै रह्यो ।
दीपिकाले आफू सलमानसँग फिल्ममा काम गर्न इच्छुक भएको धेरै पटक सार्वजनिक रुपमै बताइसकेकी छन् । तर यस्तो मौका एक पटक फेरि उनको हातबाट फुस्किएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सुरज बडजात्याको फिल्म ‘बडे भैया’ मा सलमानसँगै दीपिकाले पनि अभिनय गर्ने चर्चा शुरुमा थियो तर, पछि बडजात्यालाई उक्त रोलका लागि परम्परागत भारतीय अनुहार भएकी अभिनेत्री चाहिन्छ भन्ने लाग्यो । र उनले दीपिकाको सट्टा सोनम कपुरलाई उक्त फिल्ममा लिए ।
अब फेरि सलमानसँग खेल्ने अर्को मौकाको प्रतिक्षामा छिन दीपिका ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
