खेलकुदबुधबार, साउन २४, २०६९

फिफा वरियतामा नेपाल ७ स्थान तल

Sandesh Panta

दक्षिण एशियाली देश हरु मध्ये सबैभन्दा माथि रहेको माल्दिभ्सले १६१ औं स्थान ओगटेको छ ।

भारत १६८ औँ र बाङ्लादेश १६० औँ स्थानमा छन् । फिफाको नयाँ सदस्य दक्षिणी सुडानले १९९ औँ स्थानबाट वरियता सुरु गरेको छ । दक्षिणी सुडानले आफ्नो पहिलो औपचारिक अन्तरराष्ट्रीय खेल १० जुलाईमा युगान्डा विरुद्ध खेलेको थियो जुन खेल २-२ को बराबरीमा  टुङ्गिएको थियो ।

पहिलो र दोश्रो स्थानमा क्रमश: स्पेन र जर्मनी यथावत् नै छन भने इङ्ल्यान्ड अहिलेसम्म कै उच्च तेस्रो स्थानमा उक्लेको छ । उरुग्वे एक स्थान तल झर्दै चौथोमा आइपुगेको छ भने अर्को दक्षिण अमेरिकी टोली ब्राजिल ११ औँ  बाट १३ औँ मा खस्केको छ । पोर्चुगल पाँचौँ,  इटली छैटौं, अर्जेन्टिना सातौँ, नेदर्ल्यान्ड्स आठौँ,  क्रोएसिया नवौँ र डेनमार्क दशौँ स्थानमा यथावत् छन । एशियाली क्षेत्रबाट सबैभन्दा माथि रहेको जापान एक स्थान तल झर्दै २१ औँ स्थानमा आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...