ब्लगमंगलबार, माघ २८, २०७०

लोकनाटकको स्वाद (सात तस्वीर)

Devika Gharti

दाङ, घोराहीमा आ–आफ्नो परम्परागत मौलिक पोशाकमा छुट्टाछुट्टै समूह देखा परे । लोकसाहित्यभित्रको महत्वपूर्ण विधा लोकनाटक पछिल्लो समय लोप हुँदै गएपछि लोकनाटकको सँरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको लोकनाटक उत्सवमा मगर, थारु, खस समुदाय, अवधी भाषीहरु आ–आफ्नो मौलिक परम्परागत लोकनाटक लिएर उपस्थित थिए ।

पहिलोपटक आयोजना गरिएको ‘मध्यपश्चिम तथा सुदुरपश्चिमस्तरीय लोकनाटक उत्सव’ घोराहीमा २७ माघदेखि शुरु भएको हो । उत्सवमा मध्यपश्मिच तथा सुदुरपश्चिमक्षेत्रका मौलिक लोकनाटकहरु समावेश गरिएका छन् । लोक नाच, लोक नाटक र गाथा समेटिएको विधामा मध्य तथा सुदुरपश्चिम क्षेत्रलाई समग्र लोक साहित्यको केन्द्रीय थलोको रुपमा लिईन्छ । लोक संस्कृति लोक हुँदै गएपछि त्यसको सँरक्षण गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको उत्सवका निर्देशक डा. गोविन्द आचार्यले जानकारी दिए ।

उत्सवमा मगर समुदायको घाटु, ज्यो मा रे (रोल्पा), ज्यो मा रे (दाङ), डाम्फ्या स्याई, पहाडी समुदायको हनुमान चरित्र र बयलडाँरी (मामै), अवधी समुदायको राजा हरिशचन्द्र लोकनाटक प्रतियोगी लोकनाटकको रुपमा प्रस्तुत गरिएको छ । यसकासाथै सो अवसरमा थारु समुदाको बर्का नाच, मगर समुदायको सरङ्ङया नाच बिशेष प्रस्तुतीको रुपमा प्रस्तुत गरिएको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको मुख्य आयोजना तथा नेपाल म्यूजिक सेन्टरको सह–आयोजनामा लोक नाटक उत्सवको आयोजना गरिएको हो । नेपाल सँगीत तथा नाट्य प्रज्ञा परिषद्का प्राज्ञ परिषद् सदस्य एवं उत्सवका संयोजक तिर्थबहादुर थापाको अध्यक्षता तथा नेपाल संस्कृति विश्वविद्यालयका उपकुलपति शिवहरी मरहट्टाको प्रमुख आतिथ्यतामा महोत्सवको उदघाटन भएको थियो ।

तस्वीरहरुः देविका घर्ती मगर, घोराही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>