थप समाचारमंगलबार, माघ २८, २०७०
सपथग्रहणमा हतास देखिएका प्रधानमन्त्री (सात तस्वीर)
व्यवस्थापिका संसदमा २७ माघमा प्रधानमन्त्री निर्वाचित कोइरालाले २८ माघ दिउँसो पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् । उनले राष्ट्रपति रामवरण यादवबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
तर, उनी सपथका लागि शीतलनिवास पुग्दा हतास नै बढी देखिन्थे । सपथ ग्रहण गर्नु अघि र पछि पनि उनी खासै मुस्कुराएनन् । खैरो कोट, भादगाउँले टोपी, मयलपोश दौरासुरुवाल, आकाशे रंगको गलबन्दी र कालो चश्मामा ठाटिएका कोइराला चिन्तित झैं देखिन्थें ।
राष्ट्रपति यादवबाट सपथ लिए पछि कोइरालाले बिना विभागीय मन्त्रिको रुपमा रामशरण महतलाई सपथ गराए । उनलाई शुभकामना दिन उच्चपदस्थ अधिकारी, राजनीति दलका नेता, कार्यकर्ता, सर्वसाधारण शीतलनिवास पुगेका थिए ।
सपथपछि सिंहदरबारस्थित कार्यकक्षमा पुगेका उनले प्रधानमन्त्रीको रुपमा पहिलो निर्णयमा हस्ताक्षर गरे । हस्ताक्षर गरिरहँदा भने उनी मुस्कुराएका थिए ।
तस्वीरहरुः बिक्रम राई/हिमालखबर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
