अर्थ/बजारबुधबार, माघ २९, २०७०

गौरीशंकर बैंकबाटै चोरी

हिमालखबर

गौरीशंकर बैंकको क्यास काउण्टरबाट रु. तीन लाख ५० हजार चोरी भएको छ । क्यास काउण्टरमा २० माघमा ब्याज बुझाउन बसेका भारतीपुरका खुमबहादुर थापाको ब्याग सहित रकम चोरी भएको हो ।

रामशाह निमावि भारतीपुरका प्रधानाध्यापक थापाले शिक्षकहरुलाई तलब वितरण गर्न वाणिज्य बैंकबाट रकम झिकेर गौरीशंकर बैंकमा ब्याज बुझाउने क्रममा रकम चोरी भएको हो । बैंकका गार्डले झोला भुँईमा राखेर मात्र लाइनमा बस्न भने पछि राखेकै ठाउँबाट झोला सहित रकम गायव भएको उनले बताए ।

बैंकको सीसीटीभीले काम नगरेकाले रकम कसले चोरी गरेको हो भन्ने पत्ता नलागेको बैंककले जनाएको छ । बैंकका एक अधिकृतिले भने गार्डको भर पर्दा थापाको रकम चोरी भएको बताए ।

विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>