अर्थ/बजारबिहीबार, फाल्गुण १, २०७०

१० हजार केजी सुपारी बरामद

हिमालखबर

तस्वीरः गोपाल गडतौला

भारत तस्करी गर्न लागेको अवस्थामा अवैध सुपारी बरामद गरेको प्रहरीले जनाएको छ । २९ माघ साँझ बरामद गरिएको सुपारीको बजार मूल्य रु. ९ लाख ६६ हजार रहेको बताइएको छ ।

सुपारीसँगै प्रहरीले आठ वटा रिक्सा पनि बरामद गरेको छ । सिमाको दशगजाबाट बरामद सुपारी र रिक्सा काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा बुझाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।

भारतमा सुपारी लगायत कृषी उत्पादन आयातमा चर्काे भन्सारदर भएकोले व्यापारीले बन्द कन्टेनरमा इण्डोनेशिया, थाइल्याण्ड लगायतका मुलुकबाट सुपारी नेपाल भित्र्याई तस्करीको माध्यमबाट भारत लैजाने गरेका छन् । भारतमा गुट्खा, पान आदिमा सुपारीको अत्यधिक प्रयोग हुने गर्छ ।

गोपाल गडतौला, हिमालखबर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>