टिप्पणीबिहीबार, फाल्गुण १, २०७०
नेपाल बंगलादेशका लागि रोलमोडल
नेपालमा लामो राजनीतिक गतिरोधको अन्त्य भएको छ । नेपाली कांग्रेसका नेता सुशील कोइराला प्रधानमन्त्री निर्वाचित भएका छन् । पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका भाई पर्ने सुशील कोइरालाले ६०१ सदस्यसंख्या भएको संसदबाट ४०५ मत प्राप्त गरेका थिए । एमाओवादी, राप्रपा नेपाल र केही साना दलहरुले भने कोइरालाका विपक्षमा मत दिए ।
दोस्रो ठूलो दल नेकपा एमालेसँग ७ बुँदे सहमति गरेपछि कोइरालालाई प्रधानमन्त्री बन्न सजिलो भएको हो ।
दुवै दलहरुबीच भएको सहमति शक्ति बाँडफाँड र एमाओवादीलाई पाखा लगाउनकै लागि भएको हो । जुन सहमतिले राजनीतिक गतिरोध अन्त्य गर्दै नेपाललाई स्थिर सरकार र संविधान दिनेछ । यो गठबन्धनले संकटमा परेको लोकतन्त्रलाई बलियो बनाउनेछ भने राजावादी र माओवादी दुवैलाई किनारा लगाएको छ ।
एमाओवादीले हिंसात्मक विद्रोह गरेर हिर्काउनु अघि पनि उनीहरुले सत्ता साझेदारी गरेका थिए ।
के बंगलादेशका दुई प्रमुख पार्टीहरुका बीचमा शक्तिको बाँडफाँडका लागि नेपालमा जस्तै सहमति हुन सक्दैन ? देशको जर्जर आर्थिक र सामाजिक ढाँचा बलियो बनाउनका लागि अवामी लिग र बीएनपी मिल्नु जरुरी छ । नेपालका माओवादी जस्तै बंगलादेशको ‘जमात–ए–इस्लामी’ पनि गृहयुद्ध वा ठूलै उथलपुथलबाट सत्ताकब्जा गर्न चाहन्छ । तर देशको यो अवस्था ठूला पार्टीहरु अवामी लिग र बीएनपी दुवैका लागि पनि राम्रो हुनेछैन । नेपालमा संवैधानिक गतिरोधले लोकतन्त्रमा संकट आएजस्तै बंगलादेशमा बंगाली भाषा र संस्कृतिमा आधारित धर्मनिरपेक्ष राष्ट्रको पहिचान बनाउने भविष्य संकटमा परेको छ । सन् १९७१ को मुक्ति युद्धबाट अस्तित्वमा आएको बंगलादेशमा लोकतन्त्र र धर्मनिरपेक्षताका बारेमा जमात–ए–इस्लामीलाई कुनै वास्ता छैन ।
सत्ताप्राप्तिको अनवरत दौडमा लागिरहँदा विभाजनको सम्भावना धेरै हुन्छ । गरिब तर संभावना बोकेको मुलुक बंगलादेशका लागि लोकतन्त्रलाई अर्थपूर्ण बनाउन शक्तिको बाँडफाँड जरुरी भएको छ । राजनीतिक नेताहरुले विनाअर्थ विवाद गरेर देशलाई बर्बाद बनाउनु भन्दा सहमति गर्नु आवश्यक छ । पाकिस्तानसँग भएको स्वतन्त्रता युद्धपछि उदाएको राष्ट्रको विकासका लागि एकजुट हुनु नै अहिलेको आवश्यकता हो ।
नेपालका दुई प्रमुख दलहरु निर्वाचनका बेला एक–आपसमा भिडे, राजतन्त्रविरुद्ध एकजुुट भएर संघर्ष गरे र त्यसपछि उनीहरुलाई माओवादीसँग पनि लड्नु पर्यो । अहिले हिमाली देशका दुई प्रमुख दलहरु देशलाई लोकतन्त्रको बाटोमा डो¥याउन एउटै डुंगामा सवार भएका छन् ।
के बंगलादेशले टाढाका पश्चिमा देशहरुबाट समाधान खोज्नु भन्दा नजिकको छिमेकीसँग सिके हुँदैन ?
बंगलादेशको bdnews24.com मा प्रकाशित स्तम्भकार सइद बशिरको लेखको अनुदित अंश
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
