Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नक्शा फेर्दा नोक्सान - Himalkhabar.com

रिपोर्टशुक्रबार, फाल्गुण २, २०७०

नक्शा फेर्दा नोक्सान

हिमालखबर

– तुफान न्यौपाने, कालीकोटमा

१५ वर्ष लगाएर ३० चैत २०६३ मा ट्रयाक खोलिएको सुर्खेत―जुम्ला सडक बीचमा नक्शा परिवर्तन गरेर निर्माण गरिएकाले बढी खर्च लागेको तथा जोखिमपूर्ण बनेको रहस्य खुलेको छ। पुरानो नक्शा अनुसार २१८ किलोमिटर लामो हुनुपर्ने सो सडक अहिले २३२ किलोमिटर बनेको छ।

नक्शा फेरिनुको कारण

सडक विभागले बनाएको नक्शा अनुसार सो सडक कालीकोट सेरीघाटबाट पान्तडी हुँदै जुम्ला पुग्थ्यो। कालीकोट सदरमुकाम मान्म नछोई जाने सो सडकसँग ‘लिङ्क रोड’ ले मान्म जोड्ने योजना थियो, विभागको।

विभागले बनाएको नक्शा अनुसार सेरी–पान्तडी खण्डको सडक निर्माणका लागि विश्व ब्याङ्कको सहयोगमा भर्ता, सुकाटिया, कालिका र गेला गाविसका सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा पनि दिइसकिएको थियो। सो खण्डमा करीब १० किलोमिटर सडक खनिंदै गरेको वेला १९ माघ २०६१ मा सत्ता लिएका तत्कालीन राजा ज्ञानेन्द्र देश भ्रमण गर्दै मान्म पुगे। कर्णाली राजमार्गलाई मान्म ल्याउनुपर्ने भन्दै केहीले बिन्तीपत्र दिएको आधारमा सेरी―पान्तडी खण्डको निर्माण रोकेर मान्मतिर सोझयाइएको कर्णाली राजमार्गको अवस्था बुझन अघिल्लो व्यवस्थापिकाबाट गठित संसदीय उपसमिति संयोजक रहेका जुम्लाका पूर्व सभासद देवीलाल थापा बताउँछन्।

सुर्खेत–जुम्ला सडक आयोजना प्रमुख शिरबहादुर घिमिरेले पनि ‘राजा ज्ञानेन्द्र आएका वेला सडकको नक्शा फेरिएको सुनेको’ बताए। नक्शा परिवर्तन भएपछि विश्व ब्याङ्कले मान्म जाने सडक खण्डका लागि सहयोग नगरेर जुम्ला खण्डको ३६ किलोमिटरमा मात्र सहयोग गरेको थियो। बिश्व ब्याङ्कको सहयोगमा बनेको सो सडकमा सरकारको डेढ अर्ब रुपैयाँ खर्च हुनुको एउटा कारण नक्शा परिवर्तन हुनु पनि देखिन्छ।

नोक्सान मात्र

सडक विभागका इन्जिनियरहरू २४ किलोमिटर लामो सेरी―पान्तडी खण्ड उकालो, ओरालो र भीर कम भएको तथा सोझो रहेको बताउँछन्। मान्मबाट सडक लैजाने पक्षले सो सडक खण्ड माओवादीका कारण असुरक्षित रहेको तर्क दिएका थिए। तर मान्म जाने बाटोमा पर्ने पिलीमा सडक निर्माण गर्न बसेको नेपाली सेनाको क्याम्पमा ६२ सैनिक र १४ मजदूरको ज्यान लिने गरी माओवादीले आक्रमण गर्नुले त्यो तर्कमा दम नरहेको देखाउँछ।

२६ भदौ २०६९ मा २८ जनाको ज्यान जाने गरी दुर्घटना भएको बिताभीर । तस्वीरहरुः तुफान न्यौपाने

सडक दुर्घटना पनि यो सडक खण्डमै बढी भएको देखिन्छ। २६ भदौ २०६९ मा ना४ख ६८७७ नम्बरको यात्रुबस कालीकोटको पाखा–१ बिता मोडबाट करीब ५०० मिटर तल खस्दा २८ यात्रुको घटनास्थलमै ज्यान गयो। चैत २०६७ मा राँचुली खण्डको किटुनजिकै बस दुर्घटना हुँदा ३६ जनाको ज्यान गएको थियो। २८ फागुन २०६४ मा दाहा–१ मा लु १ त ८४०१ नम्बरको ट्रयाक्टर तिला नदीमा खस्दा आठ जनाको मृत्यु भएको थियो।

कर्णाली राजमार्ग सरोकार समितिका सदस्य कालीकोटका कटकबहादुर शाही सडक गुणस्तरीय नभएकाले दुर्घटना भएको बताउँछन्। सेरी–पान्तडी खण्ड प्राविधिक दृष्टिले उपयुक्त रहेको बताउँदै सुर्खेत―जुम्ला सडक आयोजना प्रमुख घिमिरे भन्छन्, “इन्धन र समयको बचत हुने तथा प्राविधिक रूपले पनि उपयुक्त भएकाले सेरी–पान्तडी सडक बनाउन आवश्यक छ।”

कालीकोटका पूर्व सभासद नवराज कोइरालाको विचार पनि घिमिरेको भन्दा फरक छैन। उक्त खण्डको सडक बनाउन गत संविधानसभामा कालीकोटबाट प्रतिनिधित्व गर्ने आफूसहित सो क्षेत्रका तीन सभासदले राष्ट्रिय योजना आयोगमा अनुरोध गरेको र बजेट आउन शुरू भएको उनी बताउँछन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>