समाचारशनिबार, साउन २७, २०६९

सरकार र व्यावसायीबीच सहमति, बन्द फिर्ता

सन्त गाहा मगर

सिँहदरबारस्थित भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयमा २७ साउनमा भएको वार्तामा दुई पक्षबीच सहमति कायम भएपछि व्यावसायीहरु सवारी साधन चलाउन राजी भएका हुन । सरकारसँग विगतमा भएका सहमति कार्यान्वयन गर्ने, छुट्टै यातायात मन्त्रालय गठन गर्न र ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरिएको अधिकारको विषयमा अध्ययन गर्न छुट्टै कार्यदल बनाउने सहमति भएपछि आफूहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएको नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका महासचिव डोलराज खनालले जानकारी दिए ।

महासचिव खनालका अनुसार यातायात व्यवसायलाई उद्योगका रुपमा स्थापित गर्ने, सुरक्षित यातायात व्यवस्था प्रत्याभूत गर्ने र बीमाको व्यवस्था गर्ने लगायतका १५ बुँदे मागप्रति सरकार सकारात्मक भएको छ । यातायात व्यवसायीको बन्दका कारण सर्वसाधारणले २६ र २७ साउनमा सास्ती खेपेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>