थप समाचारशुक्रबार, फाल्गुण २, २०७०
भ्यालेन्टाइन डे र संक्रमणकालिन समाज (आठ तस्वीर)
प्रेम गर्छु भन्दैमा हुँदैन, थाहा नपाएरै हुन्छ । ‘प्रेमको मेलामा मेरो डच रोज विक्री हुन्छ,’ कमलपोखरीकी फूल व्यापारी ऋचालाई व्यापारकै चटारो छ ।
माया गर्ने घटेका हुन् वा फूलका पसल बढेका हुन्, पोहोरभन्दा यसपाली व्यापार घट्यो रे ऋचाको । ऋचालाई कसैले गुलाफ दियो कि दिएन वा उनैले पो कसैलाई दिइन् कि !
डा गोविन्द केसीको समर्थनमा आन्दोलनरत एक चिकित्सकले भने, “प्रेम त्यस्तो अनुभूती हो जहाँ पीडा र सुख दुवै चरममा हुन्छन् । केही हराए जस्तो केही पाए जस्तो र केही पाउन बाँकी नै रहेजस्तो ।”
पुतली सडकमा फूलको व्यापार गर्ने सुरज राईलाई पनि गुलाफ दिने कोही भइदिए हुन्थ्यो जस्तो लाग्छ तर उपयुक्त पात्र भेटेका छैनन् रे ।
नेपाली समाज अति आधुनिक पनि भइसकेको छैन ताकि प्रेमको सार्वजनिक अभिव्यक्तिमा संकोच नमानोस र पुरातनवादी पनि छैन त्यसैले काठमाडौं शहर गुलावी भएको छ ।
पसल, पार्क र सडकमा माया साट्दै हिंडेका जोडीहरु फोटो खिचाउन भने तयार भएनन् । उनीहरुभित्र पनि संक्रमणकाल चलिरहेको छ नेपाली राजनीति र समाज विकासको क्रम जस्तै ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
