रमझमशनिबार, फाल्गुण ३, २०७०

बलिउडमा नेपाली नायिका

हिमालखबर

मुम्बईमा रुक्मिणी नामले चिनिने उषा हिन्दी चलचित्र ‘सुन लड्की’ मा सह–अभिनेत्री भएकी छन्। प्रि–प्रोडक्सनको काम सकिएको यो फिल्मले पाउने रेस्पोन्सबाट बलिउड फिल्म नगरीमा रुक्मिणीको गति निर्धारण हुनेछ।

नेपाली चलचित्र मुनामदन मा मुनाको भूमिकाबाट चर्चित भएकी उनी भारतीय टेलिसिरियलमा जमिसकेपछि फिल्ममा जान प्रयासरत थिइन्।

नेपालमा साढे तीन दर्जन चलचित्रमा नायिका भएपछि दक्षिण एशियास्तरमा छाउन मुम्बईतिर लागेकी उषा त्यहाँको सानो पर्दामा सुपरिचित भइसकेकी छन्।

जय जय जय बजरंग बली, जय शनिदेव, विष्णु पुराण जस्ता महँगो बजेटका धार्मिक टेलिसिरियलमा अभिनय गरेकी उनले त्यसपछि अदालत, चिन्टु चिंकी और एक बढी सी लभस्टोरी, फेयर फाइल्स, तुझसंग प्रित लगाई सजना लगायतका टेलिश्रृंखलामा मुख्य चरित्र निर्वाह गर्ने अवसर पाइन्।

उषा भन्छिन्, “सुन लड्की बाट बलिउडको मूलधारमा स्थापित हुनेमा म विश्वस्त छु।”
ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>