Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'अब २२ ठाउँमा फाइल पुर्‍याउनु पर्दैन' - Himalkhabar.com

अन्तर्वार्ता/विचारआइतबार, फाल्गुण ४, २०७०

‘अब २२ ठाउँमा फाइल पुर्‍याउनु पर्दैन’

हिमालखबर

विभागको नेतृत्वमा पुगेपछि त्यहाँका प्रमुख समस्या के रहेको पाउनुभयो ?
विभागमा बाहिर भनिए जस्तो समस्या रहेनछन् । फाइदा लिन खोज्नेहरूले समस्यालाई भयावह बनाएर प्रस्तुत गरेकाले त्यस्तो देखिएको रहेछ । अघिल्ला नेतृत्वले इमान्दारिता देखाएको भए समस्याहरू पहिले नै हल हुने रहेछन् भन्ने पनि लाग्यो ।

समस्यालाई त्यहाँका कर्मचारीले भयावह बनाएको कि बाहिरकाले ?
दुवैले हुन् । जहाँका भए पनि उनीहरू वैदेशिक रोजगार विभागलाई भ्रष्टाचार, अपारदर्शिता र ढिलासुस्तीको पर्याय बनाएर सेवाग्राहीबाट रकम असुल्नेहरू हुन् । त्यहाँ जानी–जानी ‘लुपहोल’ हरू राखिएको रहेछ ।

बाहिरबाट समस्या सिर्जना गर्नेबाट विभागलाई कसरी बचाउनुहुन्छ ?
महानिर्देशकले कसैबाट व्यक्तिगत फाइदा लिन नखोजेपछि विभागले पनि अनावश्यक कुरा सुन्न, डराउन र दबाब सहन पर्दैन ।

तपाईंको कार्यकाल अरुको भन्दा कसरी फरक हुन्छ ?
विभागका कर्मचारीलाई मिहिनेती र इमान्दार कर्मचारी बनाउँछु । १ फागुनदेखि श्रम स्वीकृति नवीकरण बिहान ७ देखि साँझ ७ बजेसम्म गर्न सकिन्छ । १५ दिनभित्र सबै परिवर्तन देख्न पाउनुहुन्छ ।

तपाईंले यसअघि नै कार्यदलमा रहेर विभागभित्रका समस्या र समाधानका उपायको फेहरिस्त तयार पारिसक्नुभएको छ । त्यसलाई लागू गर्न सक्नुहुन्छ ?
यसअघि २२ ठाउँमा पुर्‍याउनुपर्ने फाइल एकैठाउँमा हस्ताक्षर गरे पुग्ने बनाएको छु । दुई सिफ्टमा काम शुरु भएकाले भीडभाड कम हुन थालिसकेको छ । कार्यदलको सुझावमध्ये प्राविधिक रुपमा समय लाग्ने बाहेक सबै लागू गरिसकेको छु ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>