खेलकुदआइतबार, फाल्गुण ४, २०७०
बुढासुब्बा गोल्डकप ६ चैतदेखि
अन्तर्राष्ट्रिय आमन्त्रण १६ औं बुढासुब्बा रेडबुल गोल्डकप फूटबल प्रतियोगितामा ६ चैतदेखि १६ चैतसम्म हुने भएको हो । धरान फूटबल क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले रु. ३ लाख २५ हजार पुरस्कार पाउने छ ।
उपविजेताले रु. १ लाख ६२ हजार ५०० दिइने क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । उनका अनुसार म्यान अफ दी म्याचलाई रु. ४० हजार पाउने छ भने उत्कृष्ट गोलकिपर, उत्कृष्ट कोच, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्ट्राईकरलाई पनि पुरस्कृत गरिने छ ।
प्रतियोगितामा धरान फूटबल क्लब, मनांग मस्र्याङ्दी क्लब, थ्रीस्टार, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, साहारा क्लब पोखरा, एन्फा एकेडेमी, धरान फूटबल एकेडेमी, हङकङ नेपाली महासंघ, भारत तथा बंगलादेशका क्लबहरु, भारतीय गोर्खा क्लब तथा ब्रुनाई गोर्खा क्लबका टीमको सहभागिता हुने छ ।
सोहन श्रेष्ठ, धरान
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>