Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दिनहुँ पुरस्कृत - Himalkhabar.com

व्यक्तित्वमंगलबार, फाल्गुण ६, २०७०

दिनहुँ पुरस्कृत

हिमालखबर

बन्दी सहायता गृह नेपाल (पिए, नेपाल)की संस्थापक इन्दिरा राना मगर । तस्वीरहरूः देवकी विष्ट/हिमालखबर

गएको भदौमा बन्दी सहायता गृह नेपाल (पिए, नेपाल)की संस्थापक इन्दिरा राना मगर वल्र्डस् चिन्ड्रेन्स् प्राइजको मनोनयनमा परिन् । आधिकारिक पत्र आएपनि उनले आयोजक ‘द वल्र्डस् चिल्ड्रेन्स् प्राइज फाउण्डेसन’को आग्रहमा छ महिनासम्म त्यो सूचना गोप्य राखिन् ।

गोप्यनीयता खोल्ने समय हुँदासम्म इन्दिरा, मलाला युसुफजई र जोन उडको नाम छनौटको अन्तिम तिनमा परेको अवस्था छ । तालिवानको साँघातिक हमलामा परेकी किशोरी मलाला पाकिस्तानमा बालीका शिक्षाको प्रतिक मानिन्छिन् भने अमेरिकाका जोनले साक्षारता र लैगिंक समानताको अभियानबाट विश्वभर नाम कमाएका छन् ।

विभिन्न देशका १५ बालबालिका सदस्य रहेको जुरीले ‘वल्र्डस् चिल्ड्रेन्स् प्राइज’ का  लागि यी तिन हस्तीको नाम चयन गरेको हो । अति विपन्न र बाबुआमा कारागारमा रहेका नानीहरूको लालनपालन, शिक्षा र सीप सिकाईमा पु¥याएको असाधरण योगदानको लागि नेपालकी इन्दिरा छनोटमा परेको फाउन्ण्डेसनले बताएको छ । सानो ‘नोबेल प्राइज’ भनिने यो पुरस्कारको राशी एक लाख अमेरिकी डलर छ ।

वाल अधिकारको क्षेत्रमा कार्यरत संघ–संस्था तथा स्कूलहरूले १५ अक्टोबरभित्र दिने भोटको आधारमा यी तिनमध्ये एक जना विजेता घोषणा गरिने फाउण्डेसनको वेभसाईटमा उल्लेख छ । अन्तिम मनोनयनका तीनै जनालाई आगामी अक्टोबरमा स्विडेनमा सम्मानित गरिने पनि फाउण्डेसनले जनाएको छ ।

इन्दिराको उदय
२०२७ सालमा झपाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाज सेवा वापत सन् २००५ मै अशोक फेलो जितेकी थिईन् । उनले काठमाडौंको नयाँ बजारको बाल आवासगृहमा २८, साँखुमा ८६ र झपाको खुदुनावारीस्थित बालगृहमा १० बालबालिकाको लालनपालन गरिरहेकी छन् । खुदुनावारीमा ९ जना ‘डे केयर’मा छन् । ती बालबालीकाका लागि उनले जुनकिरी नामका दुई वटा प्राथमिक स्कुल पनि चलाएकी छन् । साँखुको जुनकिरीमा १२२ र खुदनावारीमा १०२ बालबालीका पढ्छन् ।

यसैगरि, पाल्पा र भक्तपुरमा युथ होम खोलेकी छन् । सबै ठाउँमा गरेर ४१ कर्मचारी छन् । आवासगृहमा चाहि ठूलाले साना बालबालिकाको हेरचाह गर्ने नियम बसाएकी छन् । ठूला दुईको भागमा साना पाँच जना तोकिएको छ । कर्मचारी नपुगेर नभई बालबालीकालाई जिम्मेवार बनाउन र पारिवारिक माहौल सिर्जना गर्न यसो गरेको इन्दिरा बताउँछिन् ।

उनले ठुला नानीहरूलाई आफ्नो खुट्टामा उभिन सजिलो होस् भनेर पेन्टिङ, सिलाई–बुनाई, कृषि जस्ता आयमुलक काम पनि सिकाउने गरेकी छन् । इन्दिराले करागारका वयस्क बन्दीहरूलाई पनि सहयोग गरिरहेकी छन् । सरकारले एक शिक्षक दिएको काठमाडौंको महिला कारागार भित्रको प्राथमिकता विद्यालयमा इन्दिराले तीन शिक्षकको व्यवस्था गरेकी छन् । त्यहाँ पढ्ने ६० जना महिला बन्दीलाई कापी, कलम र किताबको जीम्मा पनि उनैले लिएकी छन् । “मेरो समाज सेवा पनि २३ वर्ष अघि महिला कारागारमा साक्षरता अभियान चलाएरै सुरु भएको थियो”, इन्दिरा भन्छिन् ।

बाबुआमाको अपराध प्रमाणित भएपछि कारागार पुगेका निर्दोष बालबालिकाको अभिभावकत्व लिएर सिएनएन हिरो बनेकी पुष्पा बस्नेत पनि सुरुमा इन्दिराकै संस्था पिए, नेपालमा स्वयम्सेवक थिइन । उनले इन्दिराकै रोहबरमा कारागारबाट तीन जना नानी लगेर प्रारम्भिक वाल विकास केन्द्र आरम्भ गरेकी हुन् ।

इन्दिरा आफैले जन्माएको एक छोरी मात्र भएपनि उनी अहिले साथमा रहेका १३ महिने अर्जुनदेखि बालबच्चा भईसकेका सयौंको ‘आमा’ बनेकी । यी सबैले आमा भनेर बोलाउँदा उनलाई संसार जितेको आनन्द लाग्छ । अभावपुर्ण बाल्यकाल बिताएकी इन्दिरा ११ वर्षमा एकै चोटी पाँच कक्षामा भर्ना भएकी थिइन् । २०५३ मा स्नातक गरेर समाज सेवामा लागकी उनी आफूले हुर्काएर ठूलो बनाएकामध्ये केहीले सही बाटो नसमातेकोमा दुःखी छिन् ।
वल्र्डस् चिन्ड्रेन्स् प्राइजका लागि मलाला वा जोनले जित्दा इन्दिराले हार्ने छिन् । “तर, उनीहरु दुबै पुरस्कारका लागि योग्य छन्”, इन्दिरा भन्छिन्, “म त छोराछोरीको मुस्कानले पनि दिनहुँ पुरस्कृत भइरहेककै छु ।”

सन्त गाहा मगर

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>