Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
खाद्य पदार्थ १३ प्रतिशतले महंगियो - Himalkhabar.com

अर्थ/बजारमंगलबार, फाल्गुण ६, २०७०

खाद्य पदार्थ १३ प्रतिशतले महंगियो

हिमालखबर

नेपाल राष्ट्र बैंकले आर्थिक वर्षको पहिलो ६ महीनामा खाद्य तथा पेय पदार्थमा १२.९ प्रतिशतले मूल्यवृद्धि भएको जनाएको छ । राष्ट्र बैंककले ६ फागुनमा देशको आर्थिक स्थिति सार्वजनिक गर्दै ६ महीनाको अवधिमा तरकारी र फलफूल, मासु तथा माछा, सुर्तिजन्य पदार्थ र मदिराजन्य पदार्थमा १२.९ प्रतिशतले मूल्यवृद्धि भएको जनाएको हो ।

फाइल तस्वीर

राष्ट्र बैंकको तथ्यांक अनुसार मासु तथा माछामा २४.५ प्रतिशत, तरकारीमा १९, फलफूलमा १४.५, सुर्तिजन्य पदार्थमा २५.३ र मदिराजन्य पदार्थमा २४.५ प्रतिशत मूल्यवृद्धि भएको छ ।

पहिलो ६ महीनामा उपभोक्ता मूल्यवृद्धि दर ९.७ प्रतिशत रहेको राष्ट्र बैंककले जनाएको छ । गत वर्ष पनि पहिलो ६ महीनामा ९.८ प्रतिशत उपभोक्ता मूल्यवृद्धि दर रहेको थियो ।

गैर–खाद्य वस्तुको मूल्य भने ६.९ प्रतिशतले बढेको छ । यस वर्ष थोक मूल्य ९ प्रतिशतले बढेको छ । कृषिजन्य वस्तुको मूल्य ११.९ प्रतिशतले बढेको र आयातित वस्तुको मूल्य ८.३ प्रतिशतले बढेको राष्ट्र बैंककले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>