रमझमबिहीबार, फाल्गुण ८, २०७०

‘झोला’ले ११ वर्षपछि नाइट शो

हिमालखबर

झापा, दमकस्थित निलकण्ठ चित्र मन्दिरको ढोका अचेल राति अबेरसम्म खुल्लै हुन्छ । दुई सातादेखि मौलिक फिल्म ‘झोला’ले दर्शकलाई तानिरहेको छ । “राति हल खोल्ने बानी हराइसकेको रहेछ,” हलका प्रबन्धक बलराम पराजुली भन्छन्, “बितेको ११ वर्षमा एकपटक ‘मेरो एउटा साथी छ’ तीन नाइट शो चलेको थियो, अहिले ‘झोला’ हेर्न टाढा–टाढाबाट पनि दर्शक आइरहेका छन् ।”

नाइट शोमा सरदर दैनिक सय दर्शक आउने गरेको उनले जानकारी दिए । फिल्म हलमा शिक्षक, विद्यार्थी ‘झोला’ हेर्न आइरहेका छन् । ‘झोला’ हेरेका साहित्यकार प्रकाश बुढाथोकीले सुनाए, “हेर्दा हेर्दै भक्कानिए, चितामाथि नाङ्गै बसालिएकी महिलालाई आगो झोसिदाँ मैले मेरी आमा, श्रीमती र छोरीहरुलाई सम्झें ।”

साहित्यकार कृष्ण धरावासीको वहुचर्चित ‘झोला’ कथाको विषयवस्तुमाथि निर्देशक यादव भट्टराईले बनाएको ९० मिनटको फिल्म ‘झोला’ देशभरका विभिन्न हलहरुमा प्रदर्शन भइरहेको छ ।

धेरैजसो हलहरुमा ‘झोला’ नाइट शो चलिरहेको जानकारी दिँदै निर्देशक भट्टराई भन्छन्, “अब केही साता यही रफ्तारमा चल्यो भने लगानी उठछ ।” उनले ‘झोला’मा रु. ६० लाख लगानी भएको बताए ।

गोपाल गडतौला, दमक

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>