खेलकुदशुक्रबार, फाल्गुण ९, २०७०

शहीद स्मारक ए डिभिजन लिगः मनाङको अग्रता कायमै

हिमालखबर

तस्वीर साभार: गोल नेपाल डट कम

दशरथ रङ्गशालामा ९ फागुनमा भएको खेलमा मनाङले सङ्कटालाई २–० गोलअन्तरले पराजित गर्दै स्पष्ट ३ अङ्क जोडेको छ । यो जितसँगै मनाङले ३२ अङ्कका साथ लिगको शिर्ष स्थान कायमै राखेको हो । खेलको पहिलो चरणसम्म रोकेको सङ्कटा दोस्रो चरणमा दुई गोल खाँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिन बाध्य बन्यो ।

मनाङको जितमा अनिल गुरुङ र योना एलिस नायक बने । अनिलले खेलको दोस्रो चरण शुरु भएलगत्तै एक गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाए । उनले खेलको ४८ औँ मिनेटमा डिबक्स एरियाबाट दीपक राईले मिलाइदिएको बललाई सदुपयोग गर्दै गोल गरे ।

यस्तै अनिलले गोल गरेको दुई मिनेट पनि बित्न नपाउँदै मनाङका योनाले एक गोल थपे । उनले करिब सिक्स यार्डबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो ।

“आफ्नो टिमलाई शीर्ष तीन अङ्क चाहिएको थियो त्यो पूरा भयो” खेलपछि मनाङका प्रशिक्षक हरिओम श्रेष्ठले भने । उनले उपाधिका लागि नेपाल प्रहरी क्लबलाई जित्नै पर्ने बताए ।

अब मनाङले १३ फागुनमा नेपाल प्रहरी क्लबको समाना गर्नेछ ।

सङ्कटाका प्रशिक्षक राजुकाजी शाक्यले आफ्नो टोलीमा स्ट्राइकरको कमीले गर्दा पनि खेल हार्न बाध्य बनेको बताए ।

सुपर लिगअन्तर्गत तीन खेल खेलेको सङ्कटा २३ अङ्कको साथ लिगको पाँचौँ स्थानमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>