Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारतसँग विद्युत् व्यापार सम्झौता गर्न चीनको सुझाव - Himalkhabar.com

अर्थ/बजारमंगलबार, साउन ३०, २०६९

भारतसँग विद्युत् व्यापार सम्झौता गर्न चीनको सुझाव

रमेश कुमार

नेपालको जलविद्युत्मा विदेशी लगानी भित्र्याउन भारतीय बजार खोज्नै पर्नेमा चीनले सुझाव दिएको ऊर्जा मन्त्रालय स्रोतले बतायो । हालसम्मकै ठूलो पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न लागेको चीनले नेपालले विद्युत्को बजार नखोजी यहाँ ठूलो विदेशी लगानी भित्रन नसक्ने बताएको हो । स्वदेशमा उत्पादन भएजति विद्युत् खपत गर्ने अवस्था नरहेकाले विदेशी बजार नखोजी अन्तर्रराष्ट्रिय लगानी नभित्रनेमा चिनियाँ पक्षले जोड दिएको हो । पश्चिम सेती जलविद्युत् आयोजनामा समझदारी बनाउन चीन पुगेका नेपाली प्रतिनिधिमण्डलसँग चीनका अधिकारीहरूले यस्तो धारणा राखेको स्रोतले हिमालखबरलाई जानकारी दिएको छ ।

यसैबीच, चिनियाँ लगानीकर्ता थ्री गर्जेज अन्तर्गतको सीडब्लु इन्भेष्टमेन्टले नेपाली मागलाई सम्बोधन गरेर पश्चिम सेती जलविद्युत् आयोजना शुरू गर्न सहमति जनाएको छ । चीन पुगेका नेपाली प्रतिनिधिमण्डलसँग अधिकारीहरूले आयोजनाको इक्विटीको १० प्रतिशत शेयर स्थानीयलाई दिन र विद्युत् उत्पादनको १५० मेगावाट सुदूरपश्चिमाञ्चल क्षेत्रमा उपयोग गर्न दिन सहमति जनाएका हुन् । यसअघि थ्री गर्जेजले ३ प्रतिशत शेयर मात्र सुदूरपश्चिमेली जनतालाई दिन सहमति गरेको थियो । तर, संसद्को प्राकृतिक स्रोत साधन समितिले नेपालको हितमा हुने गरी आयोजना बनाउन निर्देशन दिएपछि सरकारले फेरि थ्री गर्जेजसँग वार्ता गरेर पुरानो समझदारीपत्रलाई संशोधन गर्न लागेको हो ।

पुरानो समझदारी पत्रलाई संशोधन गरेर प्राकृतिक स्रोतसाधन समितिले दिएको निर्देशनलाई संशोधन गर्ने तयारी लगानी बोर्डले गरेको छ । यसका लागि थ्री गर्जेजका अधिकारीहरू यसै साता नेपाल आउँदैछन् । ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी हुने अनुमान गरिएको करीब डेढ खर्ब लागतमध्ये चीनको थ्री गर्जेज कम्पनीले तीन चौथाई लगानी गर्नेछ । नेपाल विद्युत् प्राधिकरणले लगानी गर्ने भनिएको बाँकी २५ प्रतिशत रकममा पनि चीनकै एक्जिम बैंकले सहुलियतपूर्ण ऋण दिनेछ । नेपाली प्रतिनिधिमण्डलसँगको भेटमा एक्जिम बैंकका अधिकारीहरूले प्रसारण लाइन निर्माणमा पनि लगानी गर्ने आश्वासन दिएका थिए ।

थ्री गर्जेजसँग भएको समझदारी पत्रलाई मन्त्रिपरिषद्ले पारित गरेर सुरक्षाको प्रत्याभूति दिए तत्काल काम शुरू गर्ने चिनियाँ पक्षले बताउँदै आएको छ । आयोजना निर्माण सकिन ६ वर्षलाग्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>