Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
निर्माणाधिन अपर मर्स्याङ्दी ए अनिश्चितकालका लागि बन्द - Himalkhabar.com

अर्थ/बजारमंगलबार, फाल्गुण १३, २०७०

निर्माणाधिन अपर मर्स्याङ्दी ए अनिश्चितकालका लागि बन्द

हिमालखबर

अपर मर्स्याङ्दी ए जलविद्युत आयोजनाको काल्पनिक चित्र ।

नेपाल आदिवासी जनजाति महासंघ र आयोजनामा कार्यरत नेपाली मजदुरहरुले छुट्टा– छुट्टै माग राखी १३ फागुनदेखि आयोजनाको निर्माणकार्य अनिश्चितकालका लागी बन्द गराएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ लमजुङले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नम्बर १६९ र सोही महासन्धीले प्रत्याभुत गरेको स्वतन्त्र अग्रिम जानकारी सहितको सहमति लागु गर्न माग गरेको छ ।

आयोजनाले स्थानीयवासीलाई पारेको प्रभाव र आदिवासी जनजातिको अधिकारका विषयमा पटक पटक जानकारी गराउँदा समेत आयोजना निर्माण पक्षले बेवास्ता गरेकाले बन्द आह्वान गरिएको महासंघ लमजुङका अध्यक्ष खेमजंग गुरुङले बताए । आयोजना निर्माण पक्षले आफुहरुको माग पुरा नगरे सधैँका लागी बन्द गर्ने समेत गुरुङले चेतावनी दिएका छन् ।

यसैबीच, आयोजनामा कार्यरत नेपाली मजदुरहरुले पनि विभिन्न माग राख्दै आयोजनाको काम बन्द गरेका छन् । मजदुरले पेश गरेको मागपत्रमा ज्याला बढाउनुपर्ने, कम्तीमा १५ देखि २० लाखको व्यक्तिगत विमा गरिनुपर्ने, संचयकोषको व्यवस्था हुनुपर्ने, सुविधा सम्पन्न प्राथमिक उपचार केन्द्रको व्यवस्था गर्नुपर्ने, बन्द गरिएको दिनको हाजिरी दिनुपर्ने लगायतका माग छ ।

आयोजना व्यवस्थापन पक्षले मजदुरको मागका विषयमा सहमति जनाएपनि कार्यान्वयन नगरेकाले पुन बन्द आह्वान गर्नुपरेको अखिल नेपाल उर्जा तथा खानी मजदुर संघका अध्यक्ष विष्णु तामाङले बताए ।

आयोजना बन्द गर्नुपुर्व मजदुरहरुले बेसीशहरमा प्रदर्शन गरेका थिए । आदिबासी जनजाति महासंघ र मजदुरका प्रतिनिधि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउन संगै पुगेका थिए ।

यता प्रशासनले भने आयोजनाको निर्माण कार्य बन्द गरेर बार्ता हुन नसक्ने स्पष्ट पारेको छ । आयोजनाको सुरक्षा दिनु आफ्नो दायित्व भएको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले आयोजना निर्माण कार्य सुचारु राखेर समस्या समाधानमा लाग्न आग्रह गरेका छन् ।

मजदुरका जायज माग प्रति आफुहरु पनि संवेदनशिल भएको भन्दै प्रजिअ भण्डारीले संयमित भएर आफ्ना माग प्रस्तुत गर्न मजदुर पक्षलाई आग्रह गरे भने आदिबासी जनजाति महासंघले उठाएको आईएलओ १६९ को मुद्दा आफुले समाधान गर्न नसक्ने स्पष्ट पारे ।

विगत डेढ बर्ष देखि निर्माणकार्य शुरु भएको अपर मस्र्याङ्दी ए जलविद्युत आयोजनाको निर्माण कार्य यस बर्ष ७० प्रतिशत पूरा गर्ने लक्ष्य राखिएको छ । आगामी २४ महिनामा निर्माण सम्पन्न हुने उक्त आयोजनामा चिनियाँ सिनो हाईड्रो पावर कम्पनीको ९० प्रतिशत र नेपाली सगरमाथा पावर कम्पनीको १० प्रतिशत लगानी छ ।

आयोजना निर्माण कार्य शुरु भएपछि दर्जनौ पटक भएको बन्द हड्तालले तोकिएको समयमा आयोजना सम्पन्न हुनेमा निर्माण पक्ष शशंकित बनेको आयोजनाका जनसम्पर्क अधिकृत अर्जुन गुरुङले बताए ।
युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>