रमझममंगलबार, फाल्गुण १३, २०७०
मञ्जुको राजधानी पस्ने सुर
झापा बुधबारेकी मञ्जु मगर जिल्लामै बसेर पनि नृत्यमा धेरै प्रशंसित छिन्।
जिल्लामा हुने धेरैजसो स्टेज कार्यक्रममा उनी प्रमुख आकर्षण भइरहेकी छन्। २०६६ सालमा भएको नेपाल टेलिभिजनको राष्ट्रिय नृत्य प्रतिभा खोज्ने कार्यक्रम ‘छमछमी’ मा तेस्रो भएपछि मञ्जुको नृत्य क्षमता चर्चामा आएको हो।
उत्तरपूर्वी झापाको एउटा भित्री गाउँकी उनी नाच्नकै लागि कोरिया, सिंगापुर, हङकङ लगायतका मुलुक पुगिसकिन्।
उनी अहिले बिर्तामोडको सरगम संगीतालयमा शास्त्रीय नृत्य सिकिरहेकी छन्।
“सबैलाई काठमाडौंको कामले मात्र राष्ट्रिय बनाउँदो रहेछ”, अब जिल्लामा नअटाउने भएकी मञ्जु भन्छिन्, “त्यही भएर चलचित्र र म्युजिक भिडियोहरूमा काम गर्न उतै जाने विचारमा छु।”
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
