Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सत्ताको खेल बिगार्दै ‘आप’ - Himalkhabar.com

टिप्पणीआइतबार, फाल्गुण १८, २०७०

सत्ताको खेल बिगार्दै ‘आप’

शंकर तिवारी

विधानसभामा जनलोकपाल विधेयकलाई प्रवेश नदिइएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएका छन् । अरविन्दको आम आदमी पार्टी (आप) पनि अरू जस्तै सत्ताको रसमा डुब्ने ठानेका बीजेपी र कंग्रेस यो घटनापछि थप आत्तिएका छन् । यो घटनालाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको वेला दिल्लीका गभर्नरले केजरीवालको राजीनामा स्वीकृत गरेका छन् । तर, केजरीवालको माग अनुसार विधानसभा भंग नभएका कारण त्यहाँ राष्ट्रपति शासन लगाइएको छ ।

गभर्नरको यो कदमले दिल्ली विधानसभाको निर्वाचन लोकसभाको निर्वाचन पछि धकेलिएको छ । यसले आपलाई तीन महीनापछि हुने लोकसभाको निर्वाचनमा पूर्ण रूपमा ध्यान दिन सजिलो पारेको छ । ७० सीटको विधानसभामा २८ सीट जितेर दोस्रो ठूलो शक्ति बनेको आपले कंग्रेसको बाहिरी समर्थनमा सरकार बनाउने अवसर पाएको थियो । तर, उसले आफ्ना मतदातासँग अन्तरक्रिया गर्दै स्वीकृति लिएपछि मात्र सरकार गठन गरेको थियो । त्यसअघि उसले १८ बुँदे शर्तपत्रमा कंग्रेस र बीजेपीको समर्थन मागेको थियो ।

आन्दोलनकारी सरकार

सरकारमा गएपछि केजरीवालले वाचा अनुसार नै रातो बत्तीसहितको साइरनयुक्त गाडी चढेनन्, धेरै ठूलो सुरक्षा घेरामा हिंडेनन् । बिजुली महसुलमा ५० प्रतिशत छूट दिंदै आप सरकारले दैनिक ७०० लीटर पानी पनि निःशुल्क दियो । जसले मतदाताको ठूलो तप्काको मन जित्न सक्यो ।

सरकारको मूल्याङ्कनका लागि ४९ दिन पर्याप्त नभए पनि उसलाई त्यही अवधिबाट मूल्याङ्कन गर्नुपर्ने स्थिति छ । तर, आपको सरकार विवादमुक्त रहेन । उसले सत्तामा रहँदा पनि  सत्ताधारीभन्दा आन्दोलनकारी पार्टीको चरित्र बढी प्रदर्शन गर्‍यो । सरकारका एक जना मन्त्री विवादास्पद बस्तीमा पुलिसले नमानेको भन्दै मध्यरातमा आफैं छापा मार्न पुगे । मुख्यमन्त्री केजरीवाल गणतन्त्र दिवसको कार्यक्रम प्रभावित हुने गरी स्वराजको माग गर्दै माघको ठण्डीमा दुई रात सडकमा धर्ना बसे ।

आपको सन्दर्भमा गान्धीको यो उक्ति सान्दर्भिक हुन्छ (पहिला तिनीहरूले तिम्रो उपेक्षा गर्नेछन्, त्यसपछि तिमीलाई देखेर हाँस्नेछन् अनि तिम्रो विरुद्ध लड्नेछन्, तब मात्र तिम्रो जित हुनेछ) । अहिले आप तेस्रो चरणमा पुगेको देखिन्छ, अर्थात् कंग्रेस र बीजेपी आप विरुद्ध लड्दैछन् । आपका नेता योगेन्द्र यादव भन्छन्, “हामी कुनै राजनीतिक दलको पूरक नभएर विकल्प बन्न चाहन्छौं ।”

तर, उनको दललाई सिद्धान्तविहीन भएको आरोप भने लाग्ने गरेको छ । आपले भने चिनियाँ नेता देङ सिआओ पेङले ‘बिरालो कालो अथवा सेतो जस्तोसुकै भए पनि मुसा मार्न सक्षम भए पुग्छ’ भनेको उदाहरण दिंदै आफूलाई त्यस्तै भन्ने गरेको छ । तर भीमकाय समस्याले जेलिएको भारतको राजनीतिमा सार्थक हस्तक्षेप गर्न यो शैली मात्र पर्याप्त नहुन सक्छ ।

त्यसो त दिल्ली विधानसभाको निर्वाचनमै पनि आपले विस्तृत घोषणापत्र सार्वजनिक गर्दा जनताको ध्यान अन्यत्र मोडिने भन्दै बिजुली र पानीको नारा समेटिएको संक्षिप्त घोषणापत्र सार्वजनिक गरेको थियो । लोकसभाको चुनावमा त्यो शैली काम नलाग्ने ठानेर हुन सक्छ, आपका प्रवक्ता एवं समाजशास्त्री आनन्दकुमारले राष्ट्रिय घोषणापत्रको तयारी सघन रूपमा भइरहेको बताएका छन् ।

बीजेपीलाई बिगार्न सक्छ

१५—२५ फेब्रुअरीसम्म आपले लोकसभाका ३०० निर्वाचन क्षेत्रमा ‘झाडु चलाऊ यात्रा’ गरिरहेको छ । केजरीवालको राजीनामापछि पनि आपको सदस्यता बढ्ने र चन्दा आउने गति रोकिएको देखिएन । भ्रष्टाचार विरोधी उसको छवि कायम छ भने जनतासँगको सम्पर्क पनि घटेको छैन । सत्तामा रहेर काम गर्नुभन्दा बाहिरिन हतार गरेकोमा मध्यमवर्गीय तप्काले भने उसको आलोचना गरेको छ ।

तर, सर्वेक्षणहरूले देखाए अनुसार, भारतभरिबाट कंग्रेस र बीजेपीपछि पाउने तेस्रो धेरै मतलाई उसले कति सीटमा परिवर्तन गर्न सक्छ भन्ने चाहिं निर्वाचन परिणामले नै बताउनेछ । लोकसभा निर्वाचनको मिति तोकिनुअघि नै उसले २० क्षेत्रमा उम्मेदवार घोषणा गरेर आफूलाई आक्रामक बनाएको छ ।

आपको आक्रामक निर्वाचन अभियान २०१४ को लोकसभा निर्वाचनसम्म कायम रहनेमा कुनै शंका छैन । दिल्ली विधानसभामा पनि ठूलो दल बनेको बीजेपीलाई सरकार गठन गर्नबाट उसैले बञ्चित गराएकाले १६औं लोकसभा निर्वाचनबाट ठूलो दल बन्ने अनुमान गरिएको बीजेपीलाई केन्द्रमा पनि सरकार गठन गर्न नरोक्ला भन्न सकिन्न । तर, त्यसका लागि आपले कम्तीमा दुई दर्जन सीट भने जित्नै पर्नेछ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>