ब्लगसोमबार, फाल्गुण १९, २०७०
जागृत बिहार
भारतीय राज्य बिहारका मुख्यमन्त्री नीतिशकुमारले सामाजिक सम्बन्ध, पूर्वाधार विकास, राजनीतिक स्थिरता, स्थानीय निर्वाचन जस्ता पक्षहरूमा निकै ध्यान दिएका छन् । नभन्दै, विगतमा ‘भारतको बिमार राज्य’ भन्ने नाम पाएको बिहारमा अहिले निकै चमकधमक आएको छ । यहा“का बासिन्दाले ‘बिहारी’ भनिनुमा गौरव मान्न थालेका छन् । नीतिशकुमारले आफ्नो राज्यलाई प्रतिस्पर्धी बनाउन नया“–नया“ उपक्रमहरू जारी राखेका छन् ।
यही क्रममा बिहारमा ‘लिटरेचर फेस्टिभल’ ले पनि निकै महत्व पाएको छ । राजस्थानको जयपुर शहरले थालेको ‘लिटरेचर फेस्टिभल’ जस्तै आयोजना बिहारको गैरसरकारी संस्था ‘नवरस’ ले थालेकोमा यस वर्षदेखि राज्यसरकार अगाडि सरेको छ । २–४ फागुनमा पटनामा भएको दोस्रो वर्षको आयोजनामा मुख्यमन्त्री नीतिशकुमारले जयपुरको कार्बनकपी भन्दा पनि मौलिक बनाउन यसलाई ‘साहित्य उत्सव’ भन्ने कुरामा निकै जोड दिए । यस्ता उत्सवमा अंग्रेजीलाई भन्दा स्थानीय भाषाहरूलाई मुखरित हुने मौका दिनुपर्ने बताउँदै उनले भने, “अंग्रेजी से परहेज नही, देशज से गुरेज नही ।”
काव्यपाठ र विमर्शलाई महत्व दिइएको साहित्य उत्सवमा हिन्दी, मैथिली, भोजपुरी, अंगिका, वज्जिका र उर्दूका सत्रहरू थिए । हिन्दी चलचित्रको रचनात्मक पक्षमाथि पनि संवाद गरिएको थियो । समाज, मिडिया, सुशासन लगायतका विषयले पटना महोत्सवलाई जयपुरभन्दा पृथक् बनायो । सम्मेलनमा अरू भारतीय राज्यका लेखक, पत्रकार, बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता थियो ।
हिन्दीका फणिश्वरनाथ रेणु र नेपाल–भारत सीमाञ्चलका कथ्यहरूमाथि छुट्टै सत्र राखिएको थियो । भारतीय पत्रकार रुचिरा गुप्ता सहजकर्ता र यो पंक्तिकार वक्ता रहेको सत्र नेपालमय भयो । बलिउडका गीतकार गुलजार र अंग्रेजी लेखक विक्रम सेठको सत्रहरूमा युवा सहभागिता बढी देखियो । दूरदराजका देहाती लोक कविहरूको जमघट पटना साहित्य उत्सवको विशेषता थियो ।
जयपुरमा नेपाली सहभागिता र काठमाडौंमा चर्चा दुवै हुन्छ, तर पटना नजिक भएर पनि नेपाली सहभागिता कम थियो । पटना साहित्य उत्सवको नेपाली सिकाइ भनेको यस्ता प्रयत्नमा सरकार नै अग्रसर हुनुपर्छ र स्थानीय भाषालाई अधिक महत्व दिनुपर्छ भन्ने हो ।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
