Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उद्योगपति विनोद चौधरी फेरि अर्बपतिको सूचीमा - Himalkhabar.com

अर्थ/बजारमंगलबार, फाल्गुण २०, २०७०

उद्योगपति विनोद चौधरी फेरि अर्बपतिको सूचीमा

हिमालखबर

अमेरिकी म्यागेजिन फोर्ब्सले निकालेको अर्बपतिको सूचीमा उद्योगपति चौधरी यो वर्ष पनि परेका हुन् । सन् २०१४ को सूचीमा उनी गतवर्षभन्दा केही तल देखिएका छन् ।

गतवर्ष उनी १३ सय ४२ औं स्थानमा थिए । गतवर्ष १ अर्ब डलर बराबरको उनको सम्पत्ति एकवर्षमा बढेर १ अर्ब १० डलर पुगेको फोर्ब्सले जनाएको छ ।

फोर्ब्सले गतवर्ष ‘नोटेबल न्यूकमर’ का रुपमा चौधरी र उनको परिवालाई आफ्नो सूचीमा राखेको थियो । नबिल बैंक, वाइवाइ चाउचाउलगायतमा स्वामत्वि रहेका उनको एसियाका विभिन्न देशमा होटल बिस्तारलाई तीब्रता दिएको फोर्ब्सले उल्लेख गरेको छ ।

फोर्ब्समा प्रकाशित रिपोर्टमा उनले अफ्रिकास्थित युगान्डाको मुक्वानो समूहसँग मिलेर युगान्डा, रुवान्डा र बुरुन्डीमा होटल निर्माण अघि बढाएको उल्लेख छ । चौधरी ग्रुपभित्र झन्डै ४० कम्पनी छन् । उनको समूहले टेलिकम क्षेत्रमा पनि हात हालेको फोर्ब्सले जनाएको छ । उनले गतवर्ष एसटीएस टेलिकम सञ्चार कम्पनी किनेका थिए ।

पारिवारिक कपडा व्यापारबाट व्यवसाय शुरु गरेका चौधरीलाई अहिले उनका तीन छोराहरुले साथ दिइरहेको पनि पत्रिकाले लेखेको छ । चौधरी समूह एलजीको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>