Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुक्खाको समस्या - Himalkhabar.com

टिप्पणीबुधबार, फाल्गुण २१, २०७०

सुक्खाको समस्या

डा. सुमनराज ताम्राकार

जलवायु परिवर्तनको कारणले होला फागुन लाग्दैमा चैत–वैशाखमा जस्तो हावाहुरी चल्न थालेको छ। पञ्चतत्वमध्येको वायु, अग्नि र तेज (ताप) ले बढ्ता ताण्डव देखाउने समय हो– सुक्खा मौसम।

यो हावाहुरी, आगलागी र डढेलोको पनि मौसम हो। वातावरणमा तापक्रम वृद्धिसँगै झिंगा, लामखुट्टे, उडुस, उपियाँ, सर्प आदि पनि देखिन थाल्छन्। बहुला कुकुरको बिगबिगी गर्मी मौसममै बढ्ता हुन्छ।

झाडाबान्ता, हैजा, औलो, टाइफाइड, हेपाटाइटिस, मेनिन्जाइटिस, कालाज्वर जस्ता सरुवा रोगको महामारी पनि गर्मी मौसममै फैलिन्छ। यो मौसमको हावाहुरीले आँखा र छालाको स्वास्थ्यमा प्रतिकूल असर पार्छ। हावाहुरीको यो मौसमलाई सरसफाईको अभावले संक्रामक रोगहरूको याम बनाएको हुन्छ।

यो सिजनमा टाइफाइड, रगतमासी, हैजा, घाउ, खटिरा आदि रोग ब्याक्टेरियाका कारण लाग्छन् भने दादुरा, मेनिन्जाइटिस, इन्सेफ्लाइटिस, हेपाटाइटिस ए जस्ता रोग भाइरसका कारण सर्छन्। यसैगरी, रुघाखोकी र श्वासप्रश्वास सम्बन्धी संक्रमण भाइरसका कारण हुन्छन्।

मेनिन्जाइटिस, झाडा–पखाला तथा घाउ–खटिरा जस्ता संक्रमण शुरूमा भाइरसका कारण उत्पन्न हुन्छन्। त्यसमा ब्याक्टेरिया थपिएपछि स्थिति जटिल बन्छ। औलो, कालाज्वर, आउँ जस्ता रोगहरू प्रोटोजोआको कारण लाग्छन्। गर्मी मौसममा बालबालिकामा झाडापखाला, आउँ, रगतमासी, हैजा, मेनिन्जाइटिसले चाँडै जटिल रूप लिने हुनाले बढी होशियार हुनुपर्छ।

गर्मी मौसममा शरीरबाट पसिनाको रूपमा पानी र लवण पदार्थ नष्ट हुने हुनाले आलस्य तथा थकान महसूस हुन्छ। कसै–कसैलाई यसैकारण माइग्रेन भएर टाउको दुख्छ। गर्मीमा बढी पसिना आउने भएकोले शरीरमा ओसिलोपन बढ्छ।

यसले ब्याक्टेरिया र फंगस संक्रमण हुने सम्भावना बढ्छ। पसिनाले चिलाउने, काखी गन्हाउने, मोजा गन्हाउने हुन्छ। पसिना निस्कने छिद्र थुनिए भने शरीरका विभिन्न भागमा स–साना विमिरा आउँछन् र चिलाउने, जलन हुने, पिप भरिने समस्या हुन्छ। यस्तो वेला शरीरको विभिन्न भागमा घाउ खटिरा आउनुका साथै गिर्खा परेर सुन्निने, दुख्ने हुन्छ।

हिजोआज शहरमा जताततै सडक चौडा पार्ने र जिल्लाहरूमा पनि लोक मार्ग निर्माणको काम भइरहेकोले धूलो–धूवाँको मात्रा बढेको छ। यसले पनि धेरैको स्वास्थ्यमा प्रतिकूल असर परेको छ।
लामो राजनीतिक संक्रमणको निराशा यही वेला गहिरिएको छ। यस्तो वातावरणमा विभिन्न थरिका मानसिक समस्या र आम बेचैनी बढेर आत्महत्यामा वृद्धि हु्न्छ। नेपालमा धेरैजसो राजनीतिक आन्दोलन यही याममा भएका छन्।

सतर्कता
सरुवा रोग र छाला सम्बन्धी समस्याबाट बच्ने सबभन्दा राम्रो उपाय भनेको नियमित सरसफाई नै हो। बढी गर्मी हुने ठाउँमा दैनिक दुईपटकसम्म नुहाउनुपर्छ। पोलिस्टर, नाइलन, सिन्थेटिक वा जिन्सको साटो चहकिलो रङको सुतीको कपडा लगाउनुपर्छ।

खुकुलो खालको लुगा स्वस्थकर हुन्छ। भित्री लुगा दिनहुँ फेर्नुपर्छ। लामखुट्टेबाट जोगिन लिक्विडेटर, म्याट वा धूप बाल्नेभन्दा लामो बाहुला भएको लुगा लगाउने, झुल टाङ्ने गर्नुपर्छ।

सडकमा धूलो–धूवाँबाट जोगिन मास्क वा गगल्स लगाउनुपर्छ। मोटरसाइकल चालकहरूले भाइजर भएको हेल्मेट लगाउनुपर्छ। गर्मी मौसममा बासी खानेकुरा खानै हुँदैन र शरीरको आर्द्रता कायम राख्न धेरै पानी पिउनुपर्छ।

२४ घण्टामा मोटामोटी दुई लिटर झोलिलो पदार्थ खानुपर्छ। गर्मीमा लवण पदार्थयुक्त झोल खानेकुराले शरीरलाई बढी फाइदा गर्छ। सुक्खा मौसममा घाममा निस्कँदा सनक्रिम लगाउने, छाता ओढ्ने र पूरै शरीर छोपिने लुगा लगाउनुपर्छ।

कामबाट फर्केपछि हातमुख धुने गर्नुपर्छ। यति सजगता अपनाउँदा पनि काखी गन्हाउँछ भने डियोडेरेन्ट स्प्रे वा लोसन प्रयोग गर्न सकिन्छ।

सुक्खायामको एउटा विशेषता के हो भने किशोरकिशोरी र वयस्कहरूको शरीरमा विभिन्न किसिमका रासायनिक पदार्थ (हर्मोन) हरूको उतारचढाव हुने हुनाले यो मौसममा यौन चाहना बढ्छ। यस्तो वेला अनिच्छित वा आकस्मिक गर्भबाट जोगिन समयमै उचित किसिमको परिवार नियोजनको अस्थायी साधन अपनाउनु वेश हुन्छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>