अर्थ/बजारशुक्रबार, फाल्गुण २३, २०७०

भैंसी पालेरै महीनामा ४५ हजार कमाइ

हिमालखबर

तस्वीरः देविका घर्ती मगर

दुई वर्षअघि तीन वटा भैंसी किनेर व्यावसायिक भैंसीपालन थालेका दाङको घोराही नगरपालिका–११ का सरोज शाहको फार्ममा अहिले ७ वटा भैंसी छन्। घोराही–१ को बयरबटुवामा रहेको आफ्नै जमीनमा भैंसी पालेका उनले घोराही–११ को हुलाकरोडमा ‘श्रीकृष्ण डेरी उद्योग’ पनि खोलेका छन्।

नजिकै एक बिघा पाँच कठ्ठा जमीन भाडामा लिएर भैंसीलाई खुवाउन वर्षिम, जई, भेज जातका घाँस रोपेका उनको छिट्टै पाँच वटा भैंसी थप्ने योजना छ।

अहिलेसम्म भैंसीपालन र डेरीका लागि रु.२८ लाख लगानी गरेका उनले दैनिक ६५ लिटर दूध बेचेर मासिक रु.४०–४५ हजार आम्दानी गरिरहेका छन्। डेरीका लागि अरूसँग दैनिक ४०―४५ लिटर दूध किनेर बेचिरहेका उनको भैंसी थपेपछि अरूसँग दूध नकिन्ने योजना छ।

व्यवस्थापनमा प्रमाणपत्रतह उत्तीर्ण शाहले भैंसीपालन र डेरीमा गरी तीन जनालाई रोजगारी दिएको बताए। जाँगर चलाउने हो भने आम्दानी गर्न विदेश जानुपर्दैन भनेर देखाउन यो व्यवसाय गरेको उनको भनाइ छ।

देविका घर्ती मगर, घोराही

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>