अर्थ/बजारशुक्रबार, फाल्गुण २३, २०७०

उद्यमी महिलाको रेडियो

हिमालखबर

उद्यमशीलताबाट महिलालाई आर्थिक तथा सामाजिक रुपमा अधिकार सम्पन्न र सशक्त बनाउन सकिन्छ भन्ने विश्वासका साथ पद्मावती मिडिया प्रालिले पोखरामा एफएम रेडियो सञ्चालनमा ल्याएको छ ।

योसँगै पोखरामा रेडियो/एफएमको सङ्ख्या २६ पुगेको छ । महिलाद्वारा सञ्चालित रेडियोमा कार्यरत कर्मचारी पनि महिला मात्र रहेका रेडियोका अध्यक्ष हीरा भट्टराईले बताइन् ।

‘पहिलो आवाज उद्यमशीलताका लागि, दोस्रो आवाज स्वतन्त्रताका लागि, तेस्रो आवाज समानताका लागि, जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी’ भन्ने मूलमन्त्रका साथ स्थापित रेडियो जननीको नारी दिवसको अवसर पारेर २४ फागुनमा औपचारिक रुपमा उद्घाटन गरिने भएको छ ।

यो रेडियोले २०७० वैशाख ३० गतेदेखि पोखराको सिर्जनाचोकमा कार्यालय स्थापना गरी आप्mनो प्रसारण शुरु गरेको थियो । रेडियोले मुख्यतः जनसङ्ख्याको आधा हिस्सा ओगटेर पनि सशक्तीकरण, समानता र विकासको मूलधारबाट बाहिर रहेका महिलासँग जोडिएका सवाललाई जोड दिँदै आफ्ना कार्यक्रम उत्पादन र प्रसारण गरिरहेको छ ।

रेडियोमा २४ जना महिला कर्मचारी कार्यरत छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>