अर्थ/बजारबुधबार, फाल्गुण २८, २०७०
चितवनमा ३ अर्ब २१ करोडको दूधको कारोबार
यो वर्ष चितवनमा ८९ हजार मेट्रिक टन दूध उत्पादन भएको जिल्ला पशु सेवा कार्यालयले जानकारी दिएको छ ।
किसानले पाउने रु ३२ प्रतिलिटर र बजारमा बेचिने रु ५० प्रतिलिटर दूधको औसत मूल्य रु ४० का दरले ८९ हजार मेट्रिक टन दूधबाट रु तीन अर्ब २१ करोड ६० लाख कारोबार भएको जिल्ला पशु कार्यालयले जनाएको छ ।
दूध उत्पादक किसानको बढ्दो सङ्ख्यासँगै दूध उत्पादन पनि बढ्दो रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख रामकुमार कार्कीले बताए । कार्कीका अनुसार जिल्लामा रहेका १४८ दुग्ध सहकारीबाट किसानले दूधको कारोबार गर्ने गरेका छन् । जसबाट दैनिक दुई लाख लिटर दूध उत्पादन हुने गरेको छ । गाई फार्म थपिने क्रम बढेकाले आगामी वर्ष दैनिक दुई लाख ४० हजार लिटरसम्म दूध उत्पादन हुने अनुमान कार्कीको छ ।
भर्खरै बढेको दूधको मूल्यले पनि अर्को वर्षको आम्दानी थप बढ्ने उनले बताए ।
पशु प्राविधिकहरूका अनुसार महँगो दाना र चोकरभन्दा गाई भैँसीलाई आफँैले उत्पादन गरेको हरियो घाँस दिए लागत घट्ने र दूधको उत्पादन पनि बढ्ने गर्छ ।
चितवनमा विदेश पलायन भएका युवासमेत फर्केर पशुपालनमा आकर्षित भएकाले यसले केही हदसम्म बेरोजगारीको समस्यासमेत हल गरेको युवा किसान मोहन आले बताउँछन् ।
चितवनमा उत्पादित दूध डिडिसी, चितवन मिल्क, सीताराम गोकुल मिल्क, खरीपाटीको दूध उद्योगसहित विभिन्न जिल्लामा खपत हुने गर्दछन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
