रमझमबुधबार, फाल्गुण २८, २०७०

संगीतकर्मी सभासद् सम्मानित

हिमालखबर

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले सभासदलाई सम्मानित गरेको हो । प्रतिष्ठानले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा संगीतकर्मी सभासदलाई सम्मानित गरेको हो ।

प्रतिष्ठानले राजधानीमा २८ फागुनमा कार्यक्रम गरेर सभासद जेबी टुहुरे, सिन्धु जलेसा, मधु गुरुङ्ग र तप्पबहादुर बिष्टलाई सम्मान गर्‍यो । प्रतिष्ठानले लोक संस्कृति संरक्षणका लागि पहल गर्न सभासदहरुसँग आग्रह गरेको छ ।

लोक गायक बद्री पंगेनीले लोक संस्कृति जगेर्नाका लागि अग्रसर हुन सभासदसँग आग्रह गरे । सम्मानित भएका सभासदले पनि मौलिक परम्परा, संस्कृति संरक्षणमा योगदान गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नाम चलेका कलाकारले लोक तथा दोहोरी गीत, मौलिक नृत्य लगायत प्रस्तुत गरेका थिए । संस्कृतिविद् सत्यमोहन जोशीले मुलुक लोक गीत तथा संस्कृतिमा धनी भएर पनि सरोकारवाला निकायले कम चासो दिएकोमा चिन्ता व्यक्त गरे ।

नेपालको संस्कृतिको विविधता देखेर विदेशीहरु समेत लोभिने गरे पनि आफैले भने त्यसतर्फ ध्यान नदिइरहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>