खेलकुदशुक्रबार, फाल्गुण ३०, २०७०

नेपाल यूएईसँग ६ विकेटले पराजित

हिमालखबर

बंगलादेशमा ३० फागुन भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको हो । नेपालले दिएको ९६ रनको झिनो लक्ष्य ४ विकेटको क्षतिमा ७ बल बाँकी छँदै यूएईले भेट्टायो ।

ट्वान्टी–२० विश्वकप क्रिकेट अघि नेपाल र यूएईबीच अभ्यास खेल हुँदै । तस्वीरुः रामेश्वर बोहरा/बंगलादेश

टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९५ रन मात्र जोड्यो । नेपालका लागि सुवास खकुरेलले २८, कप्तान पारस खड्काले २७ र वसन्त रेग्मीले १० रन बनाए ।

शक्ति गौचन, सोमपाल कामी, वसन्त रेग्मी र पारस खड्काले एक–एक विकेट लिए । यसअघिको पहिलो अभ्यास खेलमा नेपाल आयरल्याण्डसँग ५ विकेटले पराजित भएको थियो ।

बंगलादेशमा २ चैतदेखि ट्वान्टी–२० विश्वकप क्रिकेट शुरु हुँदैछ । २३ चैतसम्म चल्ने ट्वान्टी–२० विश्वकप क्रिकेटमा नेपाल सहितका ८ टीमले समूह चरण खेल्नु पर्नेछ । समूह चरण खेल्ने नेपाल, अफगानिस्तान, हङकङ, आयरल्याण्ड, नेदरल्याण्डस्, युएई, बंगलादेश र जिम्बाबेमध्ये दुई टीमले सुपर टेन चरणमा प्रवेश पाउने छन् ।

बंगलादेश र जिम्बाबे टेष्ट मान्यताप्राप्त टीम हुन् । समूह चरणमा नेपालले बंगलादेश, अफगानिस्तान र हङकङको सामना गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>