अर्थ/बजारसोमबार, भाद्र ४, २०६९

पाकेटमै ब्याङ्क

prabhat

आम बुझाइमा ब्याङ्क मानिसहरूसँग भएको पैसा सुरक्षित राख्ने र आवश्यक परेकालाई ऋण दिने संस्था हो । तर, ब्याङ्कङिको परिचय अब त्यतिमा सीमित छैन । चोक-चोकमा खुलेका कार्डबाट पैसा झिक्न सकिने एटीएम मेसिन र पसल-रेस्टुरेन्टमा कार्डबाटै भुक्तानी गर्न मिल्ने पीओएस मेसिनहरू ग्राहकको सेवामा हाजिर छन् । एटीएमपछि प्रविधिको अर्को महत्त्वपूर्ण सुविधा हो(मोबाइल र अनलाइन वार् इ-ब्याङ्कङि) । ब्याङ्कङि क्षेत्रमा भित्रिएका यस्ता नवीनतम डिजिटल प्रविधिले नगद कारोबार गर्दा वा पैसा साथमा लिएर हिंड्दा आइपर्ने जोखिम घटाएको छ ।

नेपालको ब्याङ्कङि व्यवसायमा निजी क्षेत्रको बलियो उपस्थितिसँगै ग्राहक लक्षित नयाँ-नयाँ सेवा शुरू भएका हुन्, जसले गर्दा ब्याङ्कङि सेवा पाउन ग्राहकले कार्यालय धाइरहनुपर्दैन, ब्याङ्कले नै उनीहरूलाई पछ्याउँछ । खल्तीमा एटीएम कार्ड बोकेपछि सपिङ मलमा किनमेल गर्न र रेस्टुरेन्टमा बिल तिर्न समस्या पर्दैन । मोबाइल र इ-ब्याङ्कङि शुरू भएपछि ग्राहकको हातको मोबाइल फोन या ब्यागको ल्यापटपबाट ब्याङ्कङि कारोबार हुन्छ ।

उपयोग कम
नेपाली ब्याङ्कहरूले प्रदान गरेका डिजिटल सेवाको उपयोगमा भने उपभोक्ताहरू अझै पछाडि छन् । ब्याङ्कको डेविट कार्डलाई धेरैले एटीएम मेसिनबाट पैसा निकाल्ने माध्यमको रूपमा मात्र बुझेको ब्याङ्करहरूको अनुभव छ । यस्तो कार्डबाट काठमाडौंका दुइ हजारभन्दा बढी ठाउँमा किनमेल गर्न र रेस्टुरेन्टको बिल तिर्न सकिन्छ, तर उपभोक्ताहरू सपिङ सेन्टर नजिकैको एटीएम मेसिनबाट नगद निकालेर पैसै तिर्न रुचाउँछन् ।

“आफ्नो खाता नभएको ब्याङ्कको एटीएमबाट पैसा निकाल्दा निश्चित शुल्क लाग्छ”, स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) का प्रबन्ध निर्देशक रविन्द्रबहादुर मल्ल भन्छन्, “तर पसलको पीओएस मेसिनमा कार्डर्र्स्वाप गरेर भुक्तानी गर्दा बिलभन्दा बढी पैसा काटिन्न, बेलाबेलामा छुटको अफर समेत पाइन्छ ।” नेपालका करीब १७०० एटीएम मेसिन नगद कारोबारको विकल्प नभई सहयोगी मात्र भएकाले कार्डबाट सीधै खरीद गर्न मिल्ने पीओएस मेसिन प्रयोगमा जोड दिनुपर्ने जानकारहरू बताउँछन् ।

नेपालमा अहिले एससीटी, भिसा, नेशनल पेमेन्ट नेर्टवर्क (एनपीएन) र मास्टर कार्डबाट करीब २० लाख प्रयोगकर्ता छन्, तर पैसा निकाल्ने बाहेक अन्य काममा ज्यादै कमले मात्र कार्ड प्रयोग गर्ने गरेको पाइन्छ । नेपालकै कार्ड सेवा एससीटीको सबैभन्दा धेरै १४ लाख ५० हजार कार्डर्र्छन् भने बाँकीले अन्य कार्डर्र्प्रयोग गर्छन् । अन्तरिष्ट्रय कार्ड सेवा भिसाले चार पुराना ब्याङ्क स्ट्यार्न्र्डड चार्र्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेष्टमेन्ट ब्याङ्कलाई प्रिन्सिपल सदस्य तोकेको छ भने अरू ब्याङ्कले यीमध्ये एउटा ब्याङ्कबाट भिसामा सर्म्पर्क गरी एसोसिएट सदस्यता लिएर कार्ड जारी गर्न सक्छन् । एनपीएन नेपाल इन्भेष्टमेन्ट ब्याङ्कले भिसाको सदस्यता पाउने मापदण्ड नपुगेका ब्याङ्क तथा वित्तीय संस्थाका लागि सञ्चालन गरेको कार्ड हो । मास्टरकार्डर्र्पनि अन्तर्रषि्ट्रय कार्ड सेवा हो ।

८२ वटा ब्याङ्क तथा वित्तीय संस्था आबद्ध एससीटी कार्डर्र्प्रयोग गरेर तीमध्ये एउटा ब्याङ्कको ग्राहकले अर्को ब्याङ्कबाट पैसा निकाल्दा रु.२५ खर्च हुन्छ । एउटा ब्याङ्कले जारी गरेको भिसा कार्ड अर्को ब्याङ्कको एटीएम मेसिनमा प्रयोग गर्दा सामान्यतया रु.२५० शुल्क लाग्छ भने ब्याङ्कहरूले ग्राहकलाई सहुलियत दिन आपसी सहमति गरेको अवस्थामा त्योभन्दा कम लाग्न पनि सक्छ ।

केही ब्याङ्कहरूले क्रेडिट कार्डर्र्सेवा पनि सञ्चालन गरेका छन्, जसबाट ब्याङ्कलाई तोकिएको समयभित्र तिर्ने गरी किनमेल गर्न र पैसा झिक्न सकिन्छ । ब्याङ्कहरूले सामान्यतया एउटा महीनाको क्रेडिटकार्डको बिल अर्को महीनाको १५ गते सम्बन्धित व्यक्तिको खाताबाट कटाउने हुनाले महीनाको शुरूमा क्रेडिट कार्डबाट सामान खरीद गर्नेले ४५ दिन र अन्त्यमा गर्नेले १५ दिनभित्र विना ब्याज पैसा तिर्ने सुविधा पाउँछन् । तर क्रेडिट कार्डर्र्प्रयोग गरेर डेबिट कार्ड जस्तो एटीएम मेसिनबाट पैसा निकाल्दा बढी शुल्क लाग्ने भएकाले यसको प्रयोग त्यति धेरै हुनसकेको छैन, र सबै ब्याङ्कले यो सेवा शुरू गरेका पनि छैनन् । नेपालमा भिसाले मात्रै क्रेडिट कार्डर्र्जारी गरेको छ ।

ब्याङ्कहरूले पछिल्लो समय विस्तार गरेको अर्को सेवा हो मोबाइल र अनलाइन ब्याङ्कङि । निश्चित सेक्युरिटी कोड राखेर कुनै खास नम्बरमा एसएमएस गरेपछि प्राप्त हुने मोबाइल सेवा उपयोग गरेर स्मार्ट फोन हुनेले एउटा खाताबाट अर्को खातामा पैसा पठाउन, पछिल्ला कारोबारको स्टेटमेन्ट हेर्न, युटिलिटी (मोबाइल, इन्टरनेट, टेलिफोन लगायत) बिल भुक्तानी गर्न तथा एयरलाइन्स र सिनेमाको टिकट खरीद गर्न सक्छन् । नेपाली ब्याङ्कहरूले इन्टरनेटमार्फ अनलाइन ब्याङ्कङि पनि शुरू गरेका छन्, जसअर्न्तर्गत एउटा खाताबाट सोही ब्याङ्कको अर्को खातामा पैसा पठाउन, युटिलिटी बिल तिर्न, स्टेटमेन्ट चेक गर्न सकिन्छ । यी प्रविधिसँग युवापुस्ता बढी आकषिर्त भए पनि प्रौढपुस्ता त्यति घुलमिल हुनसकेको छैन ।

डिजिटल प्रविधि उपयोग गर्दा ग्राहकले विशेष र्सतर्कता भने अपनाउनर्ुपर्छ । कुमारी ब्याङ्कका आईटी एन्ड एमआईएस प्रमुख नारायणप्रकाश भुजु ग्राहकहरूलाई पार्सवर्ड वा पिनकोड समय-समयमा परिवर्तन गर्न, आफ्नो वा परिवारको सदस्यको नाम र घरको फोन नम्बर जस्ता अरूले सजिलै अनुमान गर्न सक्ने कुरा नराख्न सुझाव दिन्छन् । उनको भनाइ छ, “सुरक्षाका लागि ब्याङ्कले अधिकतम उपाय अपनाएका हुन्छन्, तर त्यसमा ग्राहकको सहयोग पनि महत्त्वपूर्ण हुन्छ ।”

अनलाइन वा मोबाइलबाट पैसा ट्रान्सफर अहिलेसम्म एउटै ब्याङ्क वा वित्तीय संस्थाका ग्राहकबीच मात्र हुनसक्छ । यसमा धेरै ब्याङ्कलाई समेटेर एउटा ब्याङ्कबाट अर्कोमा पैसा पठाउन सके सेवा अझै प्रभावकारी हुन्छ । एससीटीका प्रबन्ध निर्देशक मल्ल आफूहरू मोबाइलबाट पैसा भुक्तानी र वस्तु खरीद सेवा ल्याउन सफ्टवेयर छनोट गरिरहेको बताउँछन् । एससीटीले यो सेवा शुरू गरेमा त्यसमा आबद्ध ब्याङ्क तथा वित्तीय संस्थाका ग्राहकले एकैचोटि अन्तरसम्बन्धित सेवा उपयोग गर्न पाउँछन् ।

एटीएम मेसिनबाटै खातामा पैसा जम्मा गर्ने र आफ्नो नेर्टवर्कभित्रका ब्याङ्कबीच एकअर्कामा पैसा ट्रान्सफर गर्ने सुविधाका लागि पनि आफूहरू प्रयत्नरत रहेको मल्लको भनाइ छ । नेपाल राष्ट्र ब्याङ्कको समेत पहलमा ब्याङ्कहरूले एकअर्काको चेक क्लियरेन्सका लागि क्लियरिङ हाउस शुरू गरिसकेका छन्, जसअनुसार एउटा ब्याङ्कबाट अर्को ब्याङ्कको चेक साट्ने तीन दिनको काम अब एक दिनमै हुन्छ ।

गाउँलाई वरदान शाखारहित सेवा
डिजिटल सेवाको रूपमा पछिल्लो समय शाखारहित ब्याङ्कङि शुरू भएको छ । यसअर्न्तर्गत ब्याङ्कले शाखा नपुगेका ग्रामीण भेगमा पीओएस मेसिन दिएर एजेन्ट पठाउँछ । स्थानीयवासीले एजेन्टमार्फ नजिकको शाखामा कागजात पठाएर खाता खोल्न र पछि त्यही मेसिनमार्फ पैसा राख्न-झिक्न सक्छन् ।

ग्राहकको पैसा पाएपछि एजेन्टले मेसिनबाट खातामा चढाउँछन् । अनपढ व्यक्तिले पनि आफूले दिएको पैसा खातामा जम्मा भए नभएको थाहा पाउन् भनेर मेसिनले ग्राहकको नाम र जम्मा गरेको रकम सुनाउँछ । पैसा निकाल्दा ग्राहकलाई दिइएको कार्ड मेसिनमा घोटेर रकम उल्लेख गरेपछि तिनै एजेन्टले नगद दिन्छन् । कार्ड प्रयोग गर्न नजान्नेले हातको चक्रको प्रयोगबाट पैसा निकाल्न सक्छन् । पैसा जम्मा गर्दा जस्तै निकाल्दा पनि मेसिनले ग्राहकको नाम र झिक्न लागेको रकम सुनाउँछ । अधिकतम जनता ब्याङ्कङि सेवाबाट विमुख रहेका ठाउँमा नाफाको सोचले भन्दा पनि सहभागिताको दृष्टिकोणले यस्तो सेवा विस्तार गरिएको ब्याङ्क अफ काठमाडौंका प्रमुख कार्यकारी अधिकृत अजय श्रेष्ठ बताउँछन् ।

शहरी क्षेत्रमा रेस्टुरेन्ट र सपिङ सेन्टरमा पीओएस मेसिनबाट कारोबार हुन थाले पनि करोडौं कारोबार हुने पेट्रोल पम्प तथा यातायात क्षेत्रमा यो सेवाले प्रवेश पाएको छैन । काठमाडौंका पेट्रोल पम्पमा दैनिक रु.१० करोडभन्दा बढी नगद संकलन हुन्छ, जसलाई पीओएस मेसिनबाट भुक्तानी गर्ने व्यवस्था मिलाएमा पम्प सञ्चालकहरूलाई नगद लिएर बस्दा आउने सुरक्षा जोखिम कम हुनेछ । यसरी पैसा लिएबापत केही प्रतिशत इन्टरचेन्ज शुल्क तिर्नुपर्ने भएकाले पेट्रोलपम्प सञ्चालकहरू यो सेवाप्रति सकारात्मक नरहेको ब्यार्ङ्कस संघका अध्यक्ष राणा बताउँछन् । तर, नगद बोक्दा हुने सुरक्षा जोखिम र अतिरिक्त कर्मचारीको खर्च हिसाब गर्दा त्यस्तो शुल्कले पम्पलाई खासै घाटा नपर्ने ब्याङ्करहरूको भनाइ छ ।

“उपभोक्ता जागरुक नहुँदा ब्याङ्कहरूले प्रदान गरेको डिजिटल सेवा अझै फस्टाउन सकेको छैन”, ब्यार्ङ्कस संघका अध्यक्ष एवं हिमालयन ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणा भन्छन्, “तर विस्तारै यसप्रति चासोे बढिरहेको छ ।” राणाको विचारमा खाता खोल्दा चेक बुकभन्दा पहिले एटीएम कार्डर्र्खोजी गर्नुलाई नै यस दिशाको राम्रो सङ्केतको रूपमा बुझ्नुपर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...