Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेपालमा हराएका विमान - Himalkhabar.com

थप समाचारशुक्रबार, फाल्गुण ३०, २०७०

नेपालमा हराएका विमान

कुन्द दीक्षित

मकालुबाट लुक्ला बेसक्याम्पका लागि १७ जेठ २०५९ मा उडेको चार्ली युनिफर्म (९ एन–एसीसीयु) कल साइन भएको हेलिकप्टर  (हे. तस्वीर) अझै भेटिएको छैन । आठ शेर्पा भरिया र रुसी पाइलटसहित दुई जना चालक दलका सदस्य बोकेको एम आई–१७ हेलिकप्टर वर्षाका बेला एक सातासम्म खोज्दा पनि नभेटिएपछि खोजकार्य स्थगित गरिएको थियोे ।

हराएको हेलिकप्टर माओवादी लडाकुले अपहरण गरेर भारत पुर्‍याएको हल्ला समेत चलेको थियो त्यतिबेला । तर मकालु बरुण राष्ट्रिय निकुञ्जमा चरासम्बन्धी अध्ययन अभियानमा आएको टोलीले विमान अरुण उपत्यकामा चक्कर लगाएर अचानक वेपत्ता भएको बतायो । उक्त घटनासम्बन्धमा अहिलेसम्म विश्वास गर्न सकिने अनुमान भने हेलिकप्टर हिमालमा ठोक्किएपछि गएको हिमपहिरोमा पुरिएको भन्ने नै हो ।

हिमालमाथि विमान उडाउनु मौसम र भू–बनोटका कारण चुनौतिपूर्ण नै हुन्छ जसले खोजी र उद्दार कार्यमा समेत बाधा पुर्‍याउँछ ।

साउन २०२९ मा काठमाडौंबाट दिल्लीका लागि उडेको शाही नेपाल वायुसेवा निगमको डिसी–३ डकोटा विमान ६ यात्रु र ४ चालक दलका सदस्यसहित वेपत्ता भयो ।

भारतका लागि तत्कालीन नेपाली राजदूत समेत चढेको उक्त विमान १० दिनपछि भारतीय एयर फोर्सले ढोरपाटन क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो । विमानमा रहेका चालक दलका सदस्यसहित सबै यात्रुको निधन भएको थियो । उक्त विमानको खोजी गर्न गएको पिलाटस पोर्टर विमानसमेत दुर्घटनाग्रस्त भएको थियो ।

त्यस्तै असार २०४९ मा बैंककबाट काठमाडौंका लागि उडेको थाई इन्टरनेशनल एयरबस–३१० नेपाली आकाशमा आइसकेपछि वेपत्ता भएको थियो । बादलले ढाकेका बेला काठमाडौं विमानस्थलको आकाशमा आएकोे उक्त विमान ४ दिनपछि लाङटाङ राष्ट्रिय निकुञ्जमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकोे थियो । नेपाली उड्डयनको इतिहासमै दोस्रो ठूलो मानिएको उक्त दुर्घटनामा ११३ जनाको ज्यान गयो ।

२०५३ सालमा जोमसोमबाट पोखरा जाँदै गरेको लुम्बिनी एयरको ट्विनअटर विमान १८ यात्रुसहित दुर्घटनामा पर्दा पनि समयमै खोजी गर्न मौसम र भू–बनोटका कारण संभव भएको थिएन भने बनराज्यमन्त्री गोपाल राई र नेपालका वरिष्ठ संरक्षणविदहरु सहित २२ यात्रु बोकेको एमआई १७ हेलिकप्टर भदौ २०६३ मा कञ्चनजंघा नजिक वेपत्ता भएको थियो । उक्त विमान दुर्घटना भएको ५ दिनपछि मात्रै भेटिएको थियो ।

पछिल्लो समय अर्घाखाँचीको मसिने लेकमा दुर्घटनामा परेको नेपाल वायु सेवा निगमको ट्विनअटर विमान पनि एक दिनपछि मात्रै भेटिएको थियो त्यो पनि यात्रुको मोबाइल फोन ट्र्याक भएपछि ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>