खेलकुदआइतबार, चैत्र २, २०७०

विश्वकपमा नेपालको विशाल जित

हिमालखबर

तस्वीरः क्रिकइन्फो डट कम

बंगलादेशको चिटगाउँमा २ चैत साँझ भएको खेलमा नेपालले हङकङलाई ८० रनले हराएको हो । १५० रनको लक्ष्य दिएको नेपालले हङकङलाई ६९ रनमै समेट्यो ।

नेपालको जितमा म्यान अफ द म्याद शक्ति गौचनले तीन विकेट लिए । उनले ४ ओभरमा मात्र ९ रन दिँदै ३ विकेट हात पारे ।

वसन्त रेग्मीले ४ ओभर खेल्दै १४ रन खर्चिएर ३ विकेट लिए । ३ ओभर खेल्दा १३ रन दिएका सोमपाल कामीले २ विकेट लिए ।

कप्तान पारस खड्का तथा जीतेन्द्र मुखियाले एक–एक विकेट लिए । दुई ओभर खेलेका पारसले ७ रन र जीतेन्द्रले १२ रन दिए । सागर पुनले २ ओभरमा १३ रन खर्चिए ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित सबै ओभर खेल्दै ८ विकेटको क्षतिमा १४९ रन बनाएको थियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४८ रन जोडे । कप्तान पारस खड्काले ४१, सुवास खकुरेलले २२,शरद् भेषवाकरले १४ र सागर पुनले १३ रन बनाए । शक्ति गौचन रन नबनाई रनआउट हुँदा नरेश बुढाऐरले भने कुनै रन जोड्न सकेनन् ।

विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल ४ चैत मंगलबार साँझ सवा सात बजे हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>