खेलकुदबिहीबार, चैत्र ६, २०७०

नेपाल र अफगानिस्तानबीच निर्णायक भिडन्त हुँदै

हिमालखबर

बंगलादेशमा जारी टी–२० विश्वकपमा नेपालले आज अफगानिस्तानविरुद्ध निर्णायक खेल खेल्दैछ । ६ चैत दिउँसो नेपाली समय अनुसार  सवा तीन बजे बंगलादेशको चटगाउँमा दुवै टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

याे खेल दुवै टीमका लागि समूह चरणको अन्तिम खेल हो । विश्वकपको सुपर टेन चरण प्रवेशका लागि संभावना कायमै राखेका दुवै टीम जित्ने लक्ष्यका साथ मैदानमा उत्रिदैँ छन् ।

क्रिकइन्फो डट कम

तर, दुवै टीमको सुपरटेन चरणमा पुग्ने संभावना भने न्यून छ । हङकङकले बंगलादेशलाई ठूलो अन्तरले हराएमा मात्र नेपाल र अफगानिस्तानको संभावनाको ढोका खुल्नेछ ।

नेपालले हराएको हङकङलाई अफगानिस्तानले पनि जितेको छ । हङकङ भने समूह चरणबाटै बाहिरिसकेको छ ।

नेपालले सन् २००७ मा एसीसी यु–१९ एलिट कपको फाइनलमा अफगानिस्तानलाई हराएको थियो । त्यसैले नेपाल टी–२० मा अफगानिस्तानलाई हराउँदै इतिाहास रच्ने दाउमा छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>