खेलकुदबिहीबार, चैत्र ६, २०७०

नेपालद्वारा अफगानिस्तानलाई १४२ रनको चुनौति

हिमालखबर

नेपालले निर्धारित २० ओभरमा ५ बिकेट गुमाउँदै १४१ रन बनायो । नेपालका लागि सुवास खकुरेलले सर्वाधिक ५६ रन बनाए । उनले ५३ बलमा ५६ रन बनाएर आउट भएका हुन् । खकुरेलले ६ चौका र एक छक्का हाने ।

त्यस्तै शरद भेषवाकरले ३२ बलमा ३७ रन बनाएर आउट भए । आजको खेलमा कप्तान पारस खड्‍का जम्न सकेनन उनी १ रन मात्रै बनाएर पेभेलिएन फर्किए ।

तस्वीर साभारः ईएसपीएन क्रिकइन्फो डट कम

—————————————————————————————————

लाइभ

२० ओभरमा नेपालको १४१ रन ।

विनोदले चौका हाने ।

अन्तिम ओभर खेल्दै नेपाल ।

नेपालले १९ ओभरमा ५ विकेट गुमाएर १३५ रन बनायो ।

नेपाल १३३/ ५

नेपालका नयाँ खेलाडी नरेश बुढाएेर आए

शरद क्याच आउट भए । उनले ३२ बलमा ३७ रन बनाएका छन् ।

शरदले चौका हाने ।

विनोद भण्डारी आए ।

सुवास खकुरेल ५३ बलमा ५६ रन बनाएर क्याच आउट भए । शपुर जरदानको बलमा ।

नेपालले १८ ओभरमा ३ विकेट गुमाएर  १२९ रन बनाएको छ ।

सुवास खकुरेल ५२ रन, ४८ बल, ६ चौका, १ छक्का ।

सुवासले ५० नघाए । ५२ रन अहिलेसम्म ।

सुवासको छैठौं चौका ।

सुवास ४८ (७४) ।

सुवासको पाँचौ चौका ।

शरदले पनि ४ वटा चौका हानेका छन् ।

१६ ओभरमा १११ रन ।

शरदले फेरि चौका हाने ।

सुवास र शरदको पार्टनसिप ४३ बलमा ५४ रन ।

१५.३ ओभरमा १०१ रन ।

नेपालले १५.२ ओभरमा १०० रन नघायो ।

शरदले अर्को चौका हाने ।

सुवासले एउटा छक्का र चारवटा चौका हाने ।

नेपालको १५ ओभरमा ३ विकेट गुमाएर ९५ रन ।

सुवासले फेरि चौका हाने ।

सुवासले छक्का हाने ।

सुवास २८ (३९), शरद १३ (१९ ) ।

नेपालले १४ ओभरमा ७९ रन बनायो ।

सुवासले अर्को चौका हाने ।

लगातार २ वाइड ।

नेपाली दर्शकहरु उल्लेख्य मात्रामा रंगशालामा हुटिंग गरिरहेका छन् । बंगलादेशमा नेपाली झण्डा फहराइरहेको छ ।

१३ ओभरमा ३ विकेट गुमाएर ७१ रन ।

सुवास २२ (३०),  शरद ११ (१७)

नेपालले १२ ओभरमा ३ विकेट गुमाएर ६५ रन बनायो ।

शरद भेषवाकरले चौका हाने ।

पारस र ज्ञानेनद्र आउट हुनु नेपालको दुर्भाग्य ।

११ ओभरमा ५८ रन ।

नेपालले १० ओभरमा ३ विकेट गुमाएर ५५ रन बनायो  ।

मोहम्मद नबी बलिङ्मा ।

शरद भेषवाकर आए ।

पारस खड्का आउट । मिरवाइस असरफको बलमा क्लिन बोल्ड भए पारस । उनले १ रन मात्र बनाए । असरफको दोस्रो विकेट ।

८ ओभरमा ५१/२ ।

पारस खड्का आए ।

ज्ञानेन्द्र १३ बलमा २२ रन बनाएर आउट । मोहम्मद नबीको बलमा आउट ।

नेपालले ५० रन बनायो ।

७ ‌ओभरमा ४९ रन ।

अफगानिस्तानले फास्ट बलर ल्यायो । मिरवाइस असरफ बलिङमा ।

६ ओभरमा १ विकेट गुमाएर ४५ रन ।

ज्ञानेन्द्रले खेलको पहिलो छक्का हाने ।

तेस्रो चौका ज्ञानेन्द्रको ।

ज्ञानेन्द्रले अर्को चौका  हाने ।

ज्ञानेन्द्रले छै‌ठो ओभरको पहिलो बलमा चौका हाने ।

समिउल्लाह सेनवारी बलिङमा ।

नेपाल २७ /१

सुवासले फेरि अर्को चौका हाने ।

पाँचौ बलमा सुवासले चौका हाने ।

चौथो बलमा पनि रन बन्न सकेन ।

पाँचौ ओभरमा तीनवटा डट बल ।

अफगानिस्तानका बलर सामु नेपाली ब्याट्सम्यान खुलेर खेल्न सकिरहेका छैनन् ।

नेपाल १९/१

ब्याटिङमा ज्ञानेन्द्र मल्ल आए ।

चौथो ओभरको अन्तिम बलमा सागर पुन क्याच आउट ।

मौकाको उपयोग हुन सकेन । बलले बाउण्ड्री नाघ्न सकेन ।

नेपालले फ्रि हेड पायो ।

वाइड ।

सुवास ६ (११),  सागर ७ (९) ।

चौथो ओभर शुरु ।

नेपालले ३ ओभरमा १३ रन बनायो  ।

नेपालको पहिलो चौका सागरले हाने ।

बलिङमा अफगानिस्तानका दौलत जादरन ।

१.१ ओभरमा नेपालले ५ रन बनायो ।

बंगलादेशमा जारी आइसीसी टि–२० विश्वकपमा नेपाल र अफगानिस्तानबीच खेल भइरहेको छ । टस जितेर अफगानिस्तानले बलिङ् गरिरहेको छ भने ब्याटिङमा नेपालका सुवास खकुरेल र सागर पुन छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>