अर्थ/बजारबिहीबार, चैत्र ६, २०७०
पेट्रोलियम पदार्थको मूल्य घट्यो
सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि आंशिक फिर्ता लिएको छ । यसअघि पेट्रोलमा प्रतिलिटर रु. १० मूल्य बृद्धि गरिएकोमा त्यसलाई घटाएर रु. ४.५० मात्रै बृद्धि गर्ने निर्णय भएको सरकारको तर्फबाट वनमन्त्री महेश आचार्यले संसदलाई जानकारी दिएका छन् ।
त्यसैगरी मट्टितेल र डिजेलमा प्रतिलिटर ६/६ रुपैयाँ बृद्धि गरिएकोमा अब प्रतिलिटर रु. २.५० मात्रै बृद्धि गरिने मन्त्री आचार्यले जानकारी दिए ।
हवाई ईन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियको लागि प्रतिलिटर १० रुपैयाँ मात्रै बृद्धि गरिने पनि आचार्यले बताए ।
विपक्षी दलहरु एमाओवादी, राप्रपा नेपाललगायतले अवरुद्ध गरेको संसद मूल्यबृद्धि आंशिक फिर्तापछि सुचारु भएको थियो ।
मूल्यबृद्धिको विरोधमा बिद्यार्थी संगठनहरु पनि आन्दोलनमा छन् ।
मन्त्री आचार्यले पेट्रोलियम पदार्थको समस्याबारे दीर्घकालिन समाधान खोज्न संसदीय समिति बनाइने पनि जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
