Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
घरमै असुरक्षित महिला - Himalkhabar.com

रिपोर्टबिहीबार, चैत्र ६, २०७०

घरमै असुरक्षित महिला

हिमालखबर

– मीना शर्मा

देशभर १०४औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहँदा २४ फागुनमा राजविराज नगरपालिका–७ की नजरना खातुन (२६) को हत्या गरेको आशंकामा प्रहरीले उनकी जेठानी र सासूलाई नियन्त्रणमा लिएर ‘कर्तव्य ज्यान मुद्दामा’ कार्बाही चलाएको छ। घरमै जलाइएकी नजरनालाई प्रहरीले उद्धार गरेर धरानस्थित बीपी कोइराला अस्पताल पुर्‍याए पनि त्यही राति उनको मृत्यु भयो।

घरमै जलेर घाइते भएकी नजरना खातुनलाई उद्धार गर्दै जिल्ला प्रहरी कार्यालय राजविराजका डीएसपी राजकुमार वैदवार। नजरनाको उपचारकै क्रममा मृत्यु भएको थियो। तस्वीरः जिप्रका राजविराज

जिल्ला प्रहरी कार्यालय राजविराजका डीएसपी राजकुमार वैदवारले घटनास्थलबाट ५० मिटर पर मट्टीतेलको भाँडो भेटिएको र सासू बानो र जेठानी नुरजहाँको हातमा मट्टीतेलको गन्ध पाइएको बताए। २२ महीनाकी छोरीकी आमा नजरना पाँच महीनाकी गर्भवती थिइन्। नजरनाका श्रीमान् गुडु अन्सारी वैदेशिक रोजगारमा साउदी अरबमा छन्।

यता, वीरगञ्ज उपमहानगरपालिका–१९ की गायत्री कुशवाह (२१) लाई परिवारका सदस्यले विष खुवाएर हत्या गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। २१ फागुनमा विषसेवनबाट बेहोश भएकी गायत्रीको उपचारको क्रममा सीमावर्ती रक्सौलको डन्कन अस्पतालमा मृत्यु भएको थियो।

भनेजति दाइजो नल्याएको भन्दै श्रीमान् सन्तोष कुशवाह र सासू―ससुरा मिलेर विष खुवाएको माइती पक्षको आरोप छ। २७ फागुनमा वीरगञ्जमा पत्रकार सम्मेलन गरेर गायत्रीका बाबु रामरूप महतोले रु.४ लाख दाइजो मागे पनि रु.३ लाख ५० हजार मात्र दिन सकेकोले छोरी गुमाउनु परेको गुनासो गरे। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी वासुदेव खतिवडा भने अनुसन्धान चलिरहेकाले अहिले नै हत्या भनेर यकिन गर्न नसकिने बताउँछन्।

उता, २६ फागुन राति सल्यानका ठगे कवरले श्रीमती र दुई छोरालाई जलाएर मार्ने प्रयास गरे। कवरले श्रीमती र छोराहरूलाई कुपिन्डेदह–२ आगरनेटास्थित घरभित्र थुनेर आगो लगाएर भागेका थिए। आगो लागेको पहिल्यै थाहा पाएर बाँचेकी श्रीमती सुनिताले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि कवर पक्राउ परेका छन्। श्रीमान्ले लामो समयदेखि यातना दिंदै आएको सुनिताले बताएकी छिन्।

क्रूर व्यवहार

नजरना, गायत्री र सुनिताको उदाहरणले देखाउँछ, दाइजोको निहुँमा होस् वा अन्य बहानामा; महिलामाथि हुने हिंसामा कमी आएको छैन। श्रीमान्, सासू―ससुरा नन्द―आमाजू लगायत परिवारका सदस्यले दिने यातनाले गर्दा महिला मात्र होइन काख र गर्भका बच्चाले समेत यातना सहने गरेको घटना बढ्दै गएका छन्।

आठ कक्षामा पढ्दै गर्दा तीन वर्षअघि वीरगञ्ज कुम्हालटोल–६ का तरकारी व्यापारीसँग विवाह भएकी पर्सा नगवाकी आरती साह (१९) कम दाइजो ल्याएको निहुँमा परिवारको यातना सहन बाध्य छिन्। सासूले घरबाट निकालिदिएपछि काखेछोरो च्यापेर माइती पुगेकी उनलाई माइतीपक्षले फिर्ता पठाएको थियो। त्यसपछि सासूले चुलेसीले हिर्काएर खुट्टा काटिदिएकोले प्रहरी कार्यालय पुगेकी आरती भन्छिन्, “पुलिस आएर सम्झाएपछि केही दिन राम्रो गरेकी सासूले फेरि सताउन थालेकी छिन्।”

राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारी विवाह गरेर बुहारी भित्र्याउने रहर भए पनि छोरामाथिको अधिकार कायमै राख्ने चाहनाले गर्दा सासूहरूले बुहारीमाथि ज्यादती गर्न नछाडेको बताउँछिन्। एक जना पुरुषको कमाइमा पूरै परिवार निर्भर हुनाले पनि घरेलु हिंसा नघटेको उनको भनाइ छ। कानून कार्यान्वयनको चुनौती र दण्डहीनताको प्रत्यक्ष मारमा महिला परेको बताउँदै अन्सारी भन्छिन्, “कतिपय ठाउँमा हत्यालाई आत्महत्यामा बदलिदिंदा पीडक परिवारको मनोबल बढेको छ।”

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को महिला तथा बालिकाविरूद्ध भएका हिंसा सम्बन्धी अध्ययन प्रतिवेदन २०७० मा एक वर्षमा दुई हजार ३४८ महिला र १८ वर्षमुनिका ७०० बालिका गरी कुल तीन हजार ४८ जना हिंसामा परेको उल्लेख छ। बहुविवाह, बलात्कार, यौनिक हिंसा, बोक्सीको आरोप वा दुर्व्यवहार, ओसारपसार तथा बेचबिखन, दाइजोका लागि उत्पीडन लगायतका कारण महिलाहरू पीडित हुने गरेका छन्।

इन्सेकले १७ पुस २०६९ देखि १६ पुस २०७० सम्म ७५ जिल्लामा गरेको अध्ययन अनुसार १७८ महिला तथा बालिकाको हत्यामध्ये १०८ जना परिवारको सदस्यबाट मारिएका थिए। महिला हिंसाका घटनामध्ये सबभन्दा धेरै घरेलु हिंसाका कारण एक हजार ५६९ महिला पीडित भए। २१५ महिला र ४०६ बालिका बलात्कृत भएको पनि इन्सेकको प्रतिवेदनमा उल्लेख छ। १–७२ वर्ष उमेर समूहका महिला बलात्कारबाट पीडित भएको प्रतिवेदनमा उल्लेख छ।

साथमा बिम्मी शर्मा, वीरगञ्ज

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>