खेलकुदशुक्रबार, चैत्र ७, २०७०

क्रिकेटका हिरोहरूलाई भव्य स्वागतको तयारी

हिमालखबर

टी–२० विश्वकपमा उत्साहजनक प्रदर्शन गरेको नेपाली टीम स्वदेश आइपुग्दैछ । नेपाल क्रिकेट संघ (क्यान) का महासचिव अशोकनाथ प्याकुरेलले नेपाली टीम ७ चैत दिउँसो २:१० बजे आइपुग्ने जानकारी दिए ।

क्यानले राष्ट्रिय टीमका खेलाडीको भव्य स्वागत गर्ने तयारी भइरहेको जनाएको छ । उनीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दैछ ।

खेलाडीको स्वागतका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा, क्यानका पदाधिकारी लगायत पनि विमानस्थलमा पुग्दैछन् । क्रिकेट समर्थकहरु भने दिउँसो १२ बजेदेखि नै विमानस्थलमा पुग्न थालिसकेका छन् ।

तस्वीरः गेट्टी इमेजेज

नेपालले बंगलादेशमा जारी विश्वकपमा सम्झनालायक प्रदर्शन गर्‍यो । तर, समूह चरणमा चार अंक जोडेर पनि रन रेटका कारण नेपाल सुपरटेन चरणमा पुग्नबाट बन्चित रहयो । समूह ‘ए’ मा रहेको नेपाल ०.५३३ रन रेट कम हुँदा सुपरटेनमा पुग्न नसकेको हो ।

समूह चरणमा नेपालले वान डे मान्यता पाएको अफगानिस्तान र हङकङलाई हरायो । बंगलादेशको चटगाउँमा ६ चैतमा नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गर्‍यो । नेपालले टी–२० क्रिकेटमा अफगानिस्तानलाई पहिलोपल्ट पराजित गरेको हो ।

नेपालले आफ्नो पहिलो खेलमा ४ चैतमा हङकङलाई ८० रनको हरायो । बंगलादेशमा सशक्त प्रदर्शन गरेको नेपाली खेलाडी र टीमबारे अन्तर्राष्ट्रिय संचारमाध्यममा प्रमुखताकासाथ चर्चा पाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>