रमझमशनिबार, चैत्र ८, २०७०
शास्त्रीयमा मस्त मालती
पाँच वर्षअघि शास्त्रीय गायनमा एमम्युज गरेकी धनकुटाकी मालती अलि गम्भीर हुनुपर्यो भनेर शास्त्रीय संगीतमा लाग्दा यसैमा रत्तिएको बताउँछिन् । “अब त १७ वर्ष भइसक्यो”, उनले भनिन् ।
चन्दन श्रेष्ठबाट शास्त्रीय संगीतको ज्ञान लिएकी उनलाई अहिले किराँतेश्वर संगीत आश्रम, कपन संगीत सरोवर र यलमाया केन्द्र लगायतका सुन्न सकिन्छ । सुकर्म सांगीतिक समूहको ‘सुकर्म’, सरिता मिश्रको ‘अबको नेपाल’ लगायत एक दर्जन अल्बममा स्वर भरेकी मालती अहिले सुरभि संगीत पाठशाला खोलेर शास्त्रीय गायन सिकाइरहेकी छन् ।
अहिले संगीतमा आउनेहरुले शास्त्रीय संगीतको महत्वबोध गरेको उनको अनुभव छ । “रहरै मात्र हो भने अलग कुरा”, मालती भन्छिन्, “हैन, संगीतमै अडिन्छु भन्ने लाग्छ भने शास्त्रीय संगीतको ज्ञान हुनै पर्छ ।”
शब्द/तस्वीर:ऋषिराम कट्टेल
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>