रमझमशनिबार, चैत्र ८, २०७०

नयाँ ढंगमा पारस

हिमालखबर

निकै उर्वरमा दरिएका संगीतकार पारस मुकारुङ पछिल्लो केही काल चुपचाप थिए । यो मौनतामा धेरै गमेका उनी ८ चैतमा फरक रूपमा प्रस्तुत हुँदैछन् । करीब दुई दशकको अवधिमा राम्रा लेखकहरूका ३०० भन्दा बढी गीतमा संगीत भरेका उनी यो पटक गायकको रूपमा प्रस्तुत हुनेछन् । अनामनगरस्थित मण्डला थिएटरमा पारसलाई सुन्न रु.१००० को टिकट बिक्री भइरहेको छ ।

‘स्रष्टास“ग संगीतकार’ नाम दिइएको कार्यक्रममा उनले आफूद्वारा संगीतबद्ध हिट गीतहरू गाउने छन् । पछिल्लो समयमा नेपाली सुगम गीत–संगीतको गुणवत्ता ओरालो लागेको चिन्ताका साथ प्रस्तुत हुन लागेका पारसको यो प्रस्तुतिको मूल उद्देश्य सिर्जनाको स्तरीकरण हो ।

‘स्रष्टासँग संगीतकार’ कार्यक्रमका आयोजक नेपाली वाङ्मय परिषद् र एक्सन इन्टरटेन्मेन्टले २९ फागुनमा गरेको पत्रकार सम्मेलनमा पारसले भने, “नेपाली गीत–संगीतको स्तर खस्कन नदिनु मेरो कन्सर्टको उद्देश्य हो ।”

यो कार्यक्रममा गायिका लासमित राईले युगल गीतमा उनलाई साथ दिनेछिन् । एक्सन इन्टरटेनमेन्ट र नेपाली वाङ्मय परिषद्ले आयोजना गर्न लागेको कार्यक्रमबाट उठेको नाफा लभिङ होम नामक बालगृहलाई प्रदान गर्ने आयोजकले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>