रमझममंगलबार, चैत्र ११, २०७०
भारतीय अभिनेत्री नन्दाको निधन
भारतीय अभिनेत्री नन्दाको ७५ वर्षको उमेरमा ११ चैत विहान मुम्बईस्थित उनकै निवासमा हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
९ वर्षको उमेरमा बालकलाकारका रुपमा अभिनययात्रा शुरु गरेकी नन्दाले देव आनन्दसँग ‘काला बाज़ार’, ‘हम दोनों’, ‘तीन देवियां’, शशि कपूरसँग ‘नींद हमारी ख़्वाब तुम्हारे’, ‘जब(जब फूल खिले,’ र राजेश खन्नासँग ‘द ट्रेन’ लगायत कैयन चर्चित फिल्ममा काम गरेकी थिइन् ।
नन्दा र शशि कपूरले अभिनय गरेको ‘जबजब फूल खिले’ ले त्यसअघिका सबै रेकर्ड तोडेको थियो ।
त्यस्तै ८० को दशकमा उनले ‘प्रेम रोग,’ र ‘मजदूर’ जस्ता सफल फिल्ममा चरित्र अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् ।
वहीदा रहमान, आशा पारेख, साधना, नन्दाबीच गहिरो मित्रता थियो । तीन दिनअघि मात्रै उनी वहिदा रहमानको निवासमा आयोजित पार्टीमा सहभागी भएकी थिइन् ।
अविवाहित नन्दाको फिल्म निर्देशक मनमोहन देशाईसँग ‘इन्गेजमेन्ट’ गरे पनि विवाह पूर्व नै देशाइको निधन भएको थियो ।