अन्तर्वार्ता/विचारमंगलबार, चैत्र ११, २०७०
‘एसएलसीको तयारी नर्सरीबाटै गर्नुपर्छ’
पहिलो दिनको एसएलसी परीक्षा कस्तो रहयो?
बारा र धनुषा लगायतका ठाउँमा नक्कली गार्ड र नक्कली परीक्षार्थी भेटिए। १२ जनालाई निष्काशन गर्ने निर्देशन दिएको छु। अवाञ्छित गतिविधि गर्ने अन्य परीक्षा केन्द्रमा सचेत गराएको छु। तर, परीक्षा शान्तिपूर्ण नै भएको मान्नुपर्छ।
यो पटकदेखि होम सेन्टर हटाउनुको कारण के हो?
परीक्षालाई अझै मर्यादित, व्यवस्थित, अनुशासित र गरिमामय बनाउन होम सेन्टर हटाउनु परेको हो। होम सेन्टर भएपछि विद्यार्थी र शिक्षक दुवैले लापरवाही गर्न खोजेको विगतको अनुभवले देखाएको छ। होम सेन्टर नभएपछि ‘घरमा कुकुर बलियो’ हुन पाउँदैन।
परीक्षालाई मर्यादित बनाउन अरू नयाँ व्यवस्था के गर्नुभएको छ?
विद्यार्थीदेखि केन्द्रीय अनुगमनकर्ताका लागि ३५ बुँदे आचारसंहिता जारी गरिएको छ। यसअघि केन्द्रीय अनुगमनकर्तालाई आचारसंहिताले छुँदैनथ्यो। परीक्षार्थीलाई ड्रेस अनिवार्य गरिएको छ। परीक्षा केन्द्रमा मोबाइल, साइन्टीफिक क्याल्कुलेटर लैजान प्रतिबन्ध लगाइएको छ।
एसएलसीको उत्तीर्ण दर हरेक वर्ष किन घटेको हो?
सबैले एसएलसीको मात्रै नतीजामा बढी चासो राखेको देखिन्छ। तर एसएलसीको नतीजा राम्रो आउन नर्सरीबाटै राम्रो तयारी गर्नुपर्छ। किनभने जग राम्रो नबनाई माथिल्लो तलामा जति रड प्रयोग गरे पनि घर बलियो हुँदैन। विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापकलेे सबै तहको परीक्षालाई उत्तिकै महत्व दिने हो भने नतीजा राम्रो आउँछ।
परीक्षाफल कहिलेसम्म प्रकाशित होला?
परीक्षा सकिएको ९० दिन भित्र नतीजा प्रकाशित गरिसक्नुपर्दछ। तर, त्योभन्दा पनि छिटो गर्ने गरी काम गछौ। बन्द, हड्ताल जस्ता प्रतिकूलता रहेन भने असार तेस्रो साताभित्र परीक्षाफल प्रकाशित गरिसक्छौं।
साप्ताहिक खबरपत्रिका हिमालबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
